default_image

4 years ago

April 21, 2022

नेपालसँग खेल्ने जिम्बावेको ए टोलीमा ८ सिनियर खेलाडी

239 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावे क्रिकेट बोर्डले नेपालसँग खेल्ने तीन एकदिवसिय र तीन टि२० सिरिजको लागि १५ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा ८ खेलाडीले जिम्बावेबाट खेलेका छन् । तर नेपाल भ्रमण गर्ने जिम्बावे ए को टोलीमा ठूला स्टार खेलाडी भने छैनन् ।

धेरै खेलाडी जिम्बावेको सिनियर टोलीदेखि बाहिर रहेका छन् । २७ वर्षीय ल्यूक जोंगवे नेपाल आउने जिम्बावेका सवैभन्दा ठूला नाम गरेका खेलाडी हुन् । उनले १ टेस्ट, २८ ओडिआई र २२ टि२० आई खेल खेलेका छन् । तीव्र गतिका बलिङ अलराउन्डर ल्यूकले ओडिआईमा ३३ विकेट र टि२० आईमा ३४ लिएका छन् । उनले पछिल्लो पटक सेप्टेम्बरमा स्कटल्यान्डविरुद्ध खेलेका थिए ।

गतवर्ष अप्रिलमा जिम्बावेले पाकिस्तानलाई दोस्रो टि२० खेलमा १९ रनले हराउँदा ल्यूकले ३.५ ओभरमा १८ रन खर्चेर ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । चार मध्य दुई बाबर आजम र मोहम्मद रिजवानको विकेट थियो । ल्यूक जोंगवे नेपाललाई घातक बन्न सक्ने खेलाडी हुन् । तीव्र गतिका बलर नाउचीले जिम्बावेबाट ६ टेस्ट खेलमा १५ विकेट लिएका छन् ।

मुतोम्बोड्जी टिनोटेन्डाले १ टेस्ट र १५ ओडिआई खेल खेलेका छन् । टोनी मुनयोंगाले ५ टि२० आई खेल खेलेका छन् । उनले पछिल्लो पटक सिंगापुरविरुद्ध २०१९ मा खेलेका थिए । २५ वर्षीय ब्रेन्डन मभुताले २ टेस्ट र ७ ओडिआई खेलेका छन् । उनले २०१९ मा युएईसँगको खेलपछि सिनियर टोलीबाट खेलेका छैनन् । शीर्षक्रमका ब्याटर मारुमणी तादिवानाशेले ३ ओडिआई र ११ टि२० आई खेल खेलेका छन् । उनले पछिल्लो समय गतवर्ष सेप्टेम्बरमा स्कटल्यान्डविरुद्ध टि२० आई खेल खेलेका थिए ।

११ टि२० आईमा १ सय १८ रन मात्र बनाएका छन् । रोय किलाले ३ टेस्टमा ५९ रन बनाएका छन् । काइया इनोसेन्टले १ टि२० खेल खेलेका छन् । अन्य खेलाडीले भने जिम्बावेको सिनियर टोलीबाट खेलेका छैनन् । जिम्बावेले घरेलु मैदानमा हुने दक्षिण अफ्रिका ए सँगको सिरिजको लागि पहिलो रोजाईका खेलाडी राखेको छ । जिम्बावे ११ ले दक्षिण अफ्रिका ए सँग तीन एकदिवसिय र पाँच टि२० क्रिकेट खेल्ने छ । जुन सिरिज २५ अप्रिल देखि १० मे सम्म हुनेछ ।

रयान बर्ल, मधर्वे विस्ली, सिकन्दर राजा, तिरिपानो डोनाल्ड जिम्बावे ११ को टोलीमा छन् । जिम्बावेका वर्तमान समयका प्रमुख खेलाडी तीव्र गतिका बलर ब्लेसिङ मुर्जाबानी भने इन्डियन प्रिमियर लिग (आइपिएल) को लागि लखनऊ सुपर जायन्ट्समा छन् । जिम्बावेको ए टोली हुँदा ओडिआई र लिष्ट ए कुनैपनि मान्यता पाउने छैन ।

एकदिवसिय र टि२० दुबै खेलको प्रदर्शन अन्तर्राष्ट्रिय प्रदर्शनमा जोडिने छैन । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले यस सिरिजले लिष्ट ए मान्यता नपाउने जनाएका छन् ।

नेपालले जिम्बावे ए सँग पहिलो एकदिवसिय खेल वैशाख १७ (अप्रिल ३०) मा पहिलो खेल खेल्नेछ । तीन एकदिवसिय खेल पछि नेपालले टि२० खेल खेल्ने छ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत जुनमा अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ । अमेरिका लगत्तै नेपालले विश्वकप लिग–२ खेल्न स्कटल्यान्ड भ्रमण गर्नेछ । उक्त महत्वपूर्ण सिरिज अघि नेपालले तयारीको लागि जिम्बावे ए सँग खेल्न लागेको हो ।

नेपाल आउने जिम्बावे ए को टोली :

क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोंगवे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणी तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योंगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर, त्सिग्वागा तफाडजवा ।

नेपाल र जिम्बावे ए सँगको तालिका

वैशाख १७ (अप्रिल ३०) : पहिलो एकदिवसिय खेल

वैशाख १९ (मे २) : दोस्रो एकदिवसिय खेल

वैशाख २१ (मे ४) : तेस्रो एकदिवसिय खेल

वैशाख २३ ( मे ६) : पहिलो टि२० खेल

वैशाख २४ ( मे ७) : दोस्रो टि२० खेल

वैशाख २६ ( मे ९) : तेस्रो टि२० खेल

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.