4 years ago
April 22, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुरुवाती ७ खेल हार्ने मुम्बई इन्डियन्स पहिलो टोली बनेको छ । बिहीबार राती चेन्नई सुपर किंग्ससँग ३ विकेटले पराजित भएपछि सर्वाधिक पाँच उपाधि जित्ने टोली मुम्बई सुरुवाती ७ खेल हार्ने आइपिएल इतिहासकै पहिलो टोली बनेको छ ।

यसअघि सुरुवाती ६ खेल मात्र गुमाउने दुई टोली थिए । सन् २०१३ मा दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) र २०१९ मा रोयल च्यालेन्जर्स बेंगलोरले सुरुवाती ६ खेल हारेका थिए । तर यस सिजनमा मुम्बईले सुरुवाती ७ खेल नै हार्न पुगेको छ । लगातार ७ हारले मुम्बईको अघिल्लो चरणपनि लगभग सकिएको छ ।
मुम्बई पहिलो खेलमा दिल्लीसँग ४ विकेट, राजस्थान रोयल्ससँग २३ रन, कोलकाता नाइट राइडर्ससँग ५ विकेट र रोयल च्यालेन्जर्स बेंगलोरसँग ७ विकेटले पराजित भएको थियो । त्यस्तै पन्जाब किंग्ससँग १२ रन, लखनऊ सुपर जायन्ट्ससँग १८ रन र चेन्नईसँग ३ विकेटले पराजित भएको हो । मुम्बईले अव आइपिएलमा ७ खेल खेल्न बाँकी छ । ७ खेल नै जितेपनि अघिल्लो चरणको सम्भावना भने देखिदैन ।
मुम्बईले २४ अप्रिलमा लखनऊ, ३० अप्रिलमा राजस्थान, ६ मे मा गुजरात र ९ मे मा कोलकातासँग खेल्नेछ । त्यस्तै १२ मे मा चेन्नई, १७ मे मा हैदराबाद र लिगको अन्तिम खेल २१ मे मा दिल्लीसँग खेल्नेछ ।
सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा मुम्बईले उपाधि जितेको थियो । मेगा अक्सनको कारण नयाँ टिम निर्माण, ओपनरको खराब लय, कमजोर मध्यक्रम ब्याटिङ, कमजोर बलिङ आक्रामणले मुम्बईको प्रदर्शन खराब हुन पुगेको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]