4 years ago
April 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा बायाँ हाते अलराउन्डर बशिर अहमदलाई पहिलो पटक समेट्दै नेपालले घरेलु मैदानमा जिम्बावे ए सँग खेल्ने २३ सदस्य टोली घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको टोलीमा ओपनर सुनिल धमला, किशोर महतो र विनोद भण्डारी नेपाली टोलीमा फर्किएका छन् । यस खेलले अन्तर्राष्ट्रिय ओडिआई र लिष्ट ए कुनैपनि मान्यता पाउने छैन । त्यसैले नेपालको लागि अभ्यास सरह मात्र हुनेछ ।
अघिल्लो साता बशिर अहमद भैरहवामा सम्पन्न प्रो क्लब च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) चुनिएका थिए । रुपन्देही-११ लाई च्याम्पियन बनाउन बशिरले सानदार अलराउन्ड प्रदर्शन गरेका थिए । रुपन्देहीले फाइनलमा मलेसिया सिनियर टोलीलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको थियो ।
बशिरले प्रतियोगिताभर ५ खेलमा १ सय १९ रन बनाउनुको साथै १० विकेट लिए । बशिर स्पिनसँगै तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता बढी राख्ने गर्दछन् ।
नेपालले जिम्बावे ए सँग पहिलो एकदिवसिय खेल वैशाख १७ (अप्रिल ३०) मा पहिलो खेल खेल्नेछ । तीन एकदिवसिय खेल पछि नेपालले टि२० खेल खेल्ने छ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत जुनमा अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ । अमेरिका लगत्तै नेपालले विश्वकप लिग–२ खेल्न स्कटल्यान्ड भ्रमण गर्नेछ । उक्त महत्वपूर्ण सिरिज अघि नेपालले तयारीको लागि जिम्बावे ए सँग खेल्न लागेको हो ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, आदिल अन्सारी, भीम सार्की, सुशान भारी, पवन सरार्फ, अभिनाश बोहरा, बशिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम र सुनिल धमला ।
नेपाल आउने जिम्बावे ए को टोली :
क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोंगवे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणी तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योंगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर, त्सिग्वागा तफाडजवा ।
नेपाल र जिम्बावे ए सँगको तालिका
वैशाख १७ (अप्रिल ३०) : पहिलो एकदिवसिय खेल
वैशाख १९ (मे २) : दोस्रो एकदिवसिय खेल
वैशाख २१ (मे ४) : तेस्रो एकदिवसिय खेल
वैशाख २३ ( मे ६) : पहिलो टि२० खेल
वैशाख २४ ( मे ७) : दोस्रो टि२० खेल
वैशाख २६ ( मे ९) : तेस्रो टि२० खेल
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]