4 years ago
April 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अर्को सातादेखि घरेलु मैदान टियुमा खेल्ने जिम्बावे ए सँगको तीन एकदिवसिय खेलको सिरिजले लिष्ट ए मान्यता नपाउने भएको छ । नेपालले जिम्बावे ए सँग तीन एकदिवसिय र तीन टि२० क्रिकेट सिरिज खेल्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासका अनुसार यस सिरिजले लिष्ट ए र टि२० दुबै मान्यता नपाउने पुष्टि गरेका छन् । ‘लिष्ट ए गर्नलाई आइसिसीको जुन नियम छ । लिष्ट ए गर्नको लागि टेस्ट टोलीको लागि मात्र गर्ने रहेछ । एउटा सिनियर टोली र अर्को ए टोलीबीच लिष्ट ए गर्न नमिल्ने रहेछ’, दासले हाम्रो खेलकुदसँग भने । ‘कि त हाम्रो घरेलु प्रतियोगिता संरचना शैली जसरी अफगानिस्तानको छ त्यसरी लिष्ट ए मा हुनपर्यो । टि२० मान्यता पनि हुँदैन, उनले भने ।’
लिष्ट ए र टि२० मान्यता नपाउँदा यस सिरिजको प्रदर्शन अन्तर्राष्ट्रिय र खेलाडीको करिअरमा जोडिने छैन । यस खेलमा बन्ने कीर्तिमानले मान्यता पाउने छैनन् । यस सिरिज अभ्यास सरह हुनेछ । टेस्ट टोलीको घरेलु प्रतियोगिताले लिष्ट ए र टि२० मान्यता पाउने हुँदा नेपालको सिरिजले पनि उक्त मान्यता पाउन सक्ने अनुमान गरिएको थियो ।
ओडिआई र टि२० आई मान्यता पाउन भने सिनियर टोली नै हुनुपर्छ । टेस्ट टोलीले आयोजना गर्ने राष्ट्रिय घरेलु प्रतियोगिताले भने प्रथम श्रेणी, लिष्ट ए र टि२० मान्यता पाउने गर्दछन् । टेस्ट टोलीका क्रिकेट बोर्डले आयोजना गर्ने फ्रेन्चाइज क्रिकेटले टि२० मान्यता पाउने गर्दछ ।
जिम्बावेले नेपालसँग खेल्ने १५ सदस्य टोली घोषणा गरेको छ । नेपाल भ्रमण गर्ने जिम्बावेको सिनियर टोलीबाट खेलेका ८ खेलाडी छन् । नेपालले पनि सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्य टोली घोषणा गरेको छ ।

नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, आदिल अन्सारी, भीम सार्की, सुशान भारी, पवन सरार्फ, अभिनाश बोहरा, बशिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम र सुनिल धमला ।
नेपाल आउने जिम्बावे ए को टोली :
क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोंगवे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणी तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योंगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर, त्सिग्वागा तफाडजवा ।

नेपाल र जिम्बावे ए सँगको तालिका
वैशाख १७ (अप्रिल ३०) : पहिलो एकदिवसिय खेल
वैशाख १९ (मे २) : दोस्रो एकदिवसिय खेल
वैशाख २१ (मे ४) : तेस्रो एकदिवसिय खेल
वैशाख २३ ( मे ६) : पहिलो टि२० खेल
वैशाख २४ ( मे ७) : दोस्रो टि२० खेल
वैशाख २६ ( मे ९) : तेस्रो टि२० खेल
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]