4 years ago
April 23, 2022
एजेन्सी – दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तसहित ३ जनालाई जरिवाना लागेको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३४ औं खेलमा शुक्रबार राती राजस्थान रोयल्सविरुद्ध अन्तिम ओभरमा हाइ फुलटस बलमा नो बलको मागपछि उत्पन्न भएको विवादको कारण ऋषभ पन्त, दिल्लीका सहायक प्रशिक्षक प्रविन अमरे र तीव्र गतिका बलर शार्दुल ठाकुरलाई आइपिएलको नियम अनुसार जरिवाना लागेको हो ।

पन्त र आमरेलाई म्याच फि को शतप्रतिशत र शार्दुल ठाकुरलाई ५० प्रतिशत म्याच फि को जरिवाना लागेको आइपिएलले जनाएको छ । अमरेलाई भने एक खेल पनि प्रतिबन्ध लागेको छ । उनले बिहीबार दिल्लीले खेल्ने कोलकाता नाइट राइडर्ससँगको खेल गुमाउने छन् ।
भएको के थियो ?
जितका लागि २ सय २३ रनको विजयी पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७ रन बनायो । दिल्लीलाई जितको लागि अन्तिम ६ बलमा ३६ रन चाहिँएको थियो । दिल्लीका रोभम्यान पावेलले तीव्र गतिका बलर ओबेद म्याककोयलाई सुरुवाती तीन बलमा लगातार सानदार छक्का प्रहार गरे । तेस्रो हाइ फुलटस बलमा उनले मिडविकेटमा छक्का प्रहार गरेपछि दिल्लीको आशा जगाए ।
डग आउटमा बसेका दिल्लीका कप्तान ऋषभ पन्त, साहयक प्रशिक्षक प्रविन अमरे, प्रशिक्षक शेन वाटसन र ओपनर डेविड वार्नरले नो बलको ईशारा गरेका थिए । दिल्लीको डग आउटबाट नो बल भएको हुँदा थर्ड अम्पारलाई रिभ्यु लिदै दिन आग्रह थरेका थिए । तर अम्पायर नितिन मेननले मानेनन् ।

दिल्लीको बेन्च साइट लङअनमा पुगेर पन्तले खेलाडीलाई मैदान बाहिर आउन भनेका थिए । खेल रोकेर खेलाडीलाई बाहिर आउन ईशारा गरेको कारण शत प्रतिशत म्याच फि काटिने भएको हो । शार्दुलले पनि आक्रोशका साथ बाहिर आउन ईशारा गर्नुको साथै रिजर्भ अम्पायर सदाशिव ऐरसँग बहस गरेका थिए । त्यसैको कारण ५० प्रतिशत म्याच फि रकम काटिने भएको हो ।
एक खेल प्रतिबन्धित भएका अमरे रिभ्यु लिन माग गर्दै मैदान नै छिरेका थिए । अमरे डग आउटमा रिभ्यु लिन भन्दै त्यहाँबाट उठेर बाहिर आएका थिए । केहि समय आक्रोश पोखेपछि उनी पन्तको सल्लाहमा मैदाननै छिरेका थिए । खेल भावना विपरित हुँदा तीन जनालाई जरिवाना लागेको हो ।

यसअघि यस्तै घटनामा सन् २०१९ मा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीलाई म्याच फि को ५० प्रतिशत जरिवना लागेको थियो । धोनी पनि हाइ फुलट बलमा नो बल दिएको भन्दै त्यस समय मैदान नै छिरेर आक्रोश पोखेका थिए ।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । राजस्थानका ओपनर जस बटलरले ६५ बलमा ९ चौका र ९ छक्कासहित १ सय १६ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।
बटलरको यो जारी आइपिएलमा लगातार दोस्रो, यस सिजनको तेस्रो र आइपिएल करिअरको चौथो शतक हो । कप्तान सञ्जु स्यामसन १९ बलमा ५ चौका र ३ छक्कासहित ४६ रनमा अविजित रहे । दिल्लीले अव बिहीबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । राजस्थानले मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ ।
घटनाबारे सम्पूर्ण जानकारी र ऋषभ पन्तको भनाई : अम्पायरको निर्णयमा असन्तुष्ट पन्तले खेलाडीलाई मैदान बाहिर बोलाएपछि…
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]