3 years ago
April 29, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा भारतीय क्रिकेट टोलीका चर्चित स्पिनर जोडी कुलदीप यादव र युजभेन्द्र चहल (कुल चा) ले सानदार प्रदर्शन गरेका छन् । कुलदीपले दिल्ली क्यापिटल्स र युजभेन्द्रले राजस्थान रोयल्सबाट खेल्दै पर्पल क्यापको दौडमा छन् ।
आइपिएलका ४१ खेल सकिँदा समान ८ खेलमा युजभेन्द्र चहलले १८ र कुलदीपले १७ विकेटका साथ शीर्ष र दोस्रो स्थानमा छन् । युजभेन्द्रले ८ खेलमा ३२ ओभर बलिङ गर्दै ७.०९ को ईकोमनीमा रन खर्चिएका छन् । उनलाई रोयल च्यालेन्जर्स बेंगलोरले रिलिज गरेपछि राजस्थानले मेगा अक्सनमा ६ करोड ५० लाख भारुमा किनेको थियो ।
कोलकाता नाइट राइडर्सले रिलिज गरेपछि २ करोड भारुमा दिल्ली पुगेका कुलदीपले २९.४ ओभर बलिङ गर्दै ८.०८ को ईकोनमीमा रन खर्चेर १७ विकेटका साथ दोस्रो स्थानमा छन् । यी दुई बाहेक पर्पल क्यापको दौडमा सनराइर्स हैदराबादका उमरान मालिक र टि नरटराजन १५–१५ विकेट लिँदै तेस्रो र चौथो स्थानमा छन् । चेन्नईका ड्वेन ब्राभो र कोलकाताका उमेश यादवले १४–१४ विकेट लिएका छन् ।
युजभेन्द्रले कोलकातासँग ह्याट्रिकसहित पाँच विकेट लिएका थिए । लखनऊ सुपर जायन्ट्सविरुद्ध ४, सनराइजर्स हैदराबादसँग ३, मुम्बई इन्डियन्स, रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध २-२ विकेट लिएका थिए । कुलदीपले पूर्व टोली कोलकाताविरुद्ध दुबै खेलमा ४–४ विकेट लिदै प्लेयर अफ द म्याच चुनिए । मुम्बईविरुद्ध ३, लखनऊ र पन्जाब किंग्सविरुद्ध २–२ विकेट लिए ।
आइपिएलमा उत्कृष्ट पूनरागन प्रदर्शन गरेका कुलदीपले भने चहल आफ्नो ठूलो दाइ जस्तै हुँदा उनले पर्पल क्याप जित्नेमा आशावादी रहेको बताएका छन् । ‘चहलसँग मेरो कहिल्यै पनि प्रतिस्पर्धा हुँदैन । उनी मेरो ठूलो दाइ जस्तै हुन् । उनले मलाई सधैं समर्थन र साथ दिएका छन् । उनले चोटको समयमा उत्पेरणा दिइ राखेका थिए । चहलले पर्पल क्याप जित्नेमा आशावादी छु’, बिहीबार कोलकाताविरुद्ध खेलपछि कुलदीपले भने ।
पछिल्लो समय भारतीय टोलीमा कुलदीप नहुँदा चहलको प्रदर्शनमा पनि असर परेको देखिन्छ । २०१९ को एकदिवसिय विश्वकपपछि चहलको प्रदर्शन राम्रो थिएन । कुलदीपले २०२० मा ५ र २०२१ मा कुनैपनि खेल खेलेका थिएनन् । कुलदीप चोट र खराब लयको कारण संघर्ष गरेका थिए । आइपिएलमा सानदार प्रदर्शनसँगै भारतीय टोलीमा कुल चा जोडी फर्किने निश्चित जस्तै भएको छ ।
ओरेन्ज क्यापको दौडमा राजस्थानका जस बटलर अग्रस्थानमा छन् । बटलर ८ खेलमा ३ शतक र २ अर्धशतकसहित ४ सय ९९ रनका साथ शीर्षस्थानमा छन् । लखनऊका कप्तान लोकेश राहुल ८ खेलमा २ शतक र १ अर्धशतकसहित ३ सय ६८ रनका साथ दोस्रो स्थानमा छन् ।
कुलदीप र चहलसँगै खेल्दा र नखेल्दाको प्रदर्शन : श्रीलंकामा स्पिन जोडीको जादू फर्कने भारतको आशा
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान कुशल मल्लको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले बलियो योगफल तयार गरेको छ । टियु मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गर्यो । चितवनका लागि कप्तान कुशलले ७२ रन जोडे । उनले ४१ […]
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले टस जितेको छ । टियु क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेको छ । शुक्रवार विराटनगरसँग पराजित टोलीमा चितवनले कुनै परिवर्तन गरेको छैन । चितवन राइनोजको प्लेईङ-११ कुशल मल्ल, रञ्जित कुमार, रवि बोपारा, हसन इसाखिल, बासिल हमिद, रिजन ढकाल, […]
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर स्टेफन स्किनाजीको अर्धशतकमा पोखरा एभेन्जर्सविरुद्ध शनिवार सहज निकाल्दै काठमाडौं गुर्खाज नेपाल प्रिमियर लिग(एनपिएल) को प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा काठमाडौंले पोखरामाथि ६ विकेटको सहज जित हात पार्यो । १ सय ३९ रनको मध्यम लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । काठमार्डौका ओपनर स्किनाजीले सर्वाधिक […]