default_image

2 years ago

April 29, 2022

सानदार बलिङमा लखनऊले पन्जाबलाई हरायो

एजेन्सी – लखनऊ सुपर जायन्ट्सले सानदार बलिङसँगै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्समाथि २० रनको जित हात पारेको छ । योसँगै लखनऊ छैटौं जितका साथ अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको पन्जाब किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन […]

77 views

0 Bookmark

एजेन्सी – लखनऊ सुपर जायन्ट्सले सानदार बलिङसँगै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्समाथि २० रनको जित हात पारेको छ । योसँगै लखनऊ छैटौं जितका साथ अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको पन्जाब किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन बनायो । पन्जाबका जोनी बेयरस्टोले २८ बलमा ५ चौकासहित सर्वाधिक ३२ रन बनाए । कप्तान मयंक अग्रवालले १७ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाए ।

ओपनर शिखर धवन १५ बलमा ५ रन, भानुका राजपक्षे ९, लियाम लिभिङस्टोन १८, जितेश शर्मा २, राहुल चाहर ४ र कागिसो रबाडा २ रनमा आउट भए । ऋषि धवन २२ बलमा ३ चौका र १ छक्कासहित २१ रनमा अविजित रहे ।

लखनऊका मोहसिन खानले ४ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ३ विकेट लिए । दुश्मन्था चामिराले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । क्रुनाल पान्ड्याले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । लखनऊका ओपनर क्विन्टन डि ककले ३७ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।

दीपक हुडाले २८ बलमा १ चौका र २ छक्कासहित ३४ रनमा रन आउट हुन पुगे । लखनऊका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

रबाडाले तेस्रो ओभरको पाँचौं बलमा कप्तान लोकेश राहुललाई ६ रनमा विकेटकिपर जितेश शर्माबाट क्याच गराए । जारी सिजनमा दुई शतक प्रहार गरेका राहुल एज लागेर क्याच हुन पुगेका थिए । दोस्रो विकेटको लागि क्विन्टन डि कक र हुडाले ८५ रनको साझेदारी गर्दै इनिङ उकासे ।

सन्दीप शर्माले १३ औं ओभरको चौथो बलमा डि ककलाई जितेशबाट क्याच गराउँदा लखनऊ ९८–२ को बलियो अवस्थामा थियो । लगत्तै अर्को ओभरमा हुडा रन आउट भए । दुबै क्रिजमा जमेका खेलाडी आउट हुँदा लखनऊ समस्यामा परेको थियो ।

रबाडाको १५ औं ओभरको पहिलो बलमा क्रुनाल लङअनमा शिखर धवनबाट ७ रनमा क्याच भए । चार बलपछि लियाम लिभिङस्टोनले आयुष बदोनीको ४ रनमा उत्कृष्ट क्याच लिएपछि लखनऊ १०९–५ को अवस्थामा पुगेको थियो । मार्कस स्टोइनिस एक रनमा राहुल चाहरको बलमा कट एण्ड बोल्ड आउट भए ।

तल्लोक्रमका जेसन होल्डर ११ र दुश्मन्था चामिराले १७ रन बनाए । चामिरा १९ औं ओभरमा रबाडालाई लगातार तेस्रो छक्का हान्ने धुनमा क्याच भएका थिए । मोहसिन खान ६ बलमा १ चौका र १ छक्कासहित १३ रनमा अविजित रहे ।

पन्जाबका कागिसो रबाडाले ४ ओभरमा ३८ रन खर्चेर ४ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । राहुल चाहरले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । पन्जाबले अब मंगलबार गुजरात टाइटन्ससँग खेल्नेछ । लखनऊले आइतबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

अंक तालिका

गुजरात ८ खेलमा ७ मा जित र १ मा हारका १४ अंक जोड्दै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंकका साथ दोस्रो स्थानमा छ । लखनऊ ९ खेलमा ६ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । हैदराबाद ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ ।

बेंगलोर ९ खेलमा ५ मा जित र ४ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ । दिल्ली ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब ९ खेलमा ४ मा जित र ५ मा हार सहित सातौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ९ खेलमा ३ मा जित र ६ खेलमा हार सहित आठौं स्थानमा छ । चेन्नई ८ खेलमा २ मा जित र ६ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.