4 years ago
April 30, 2022
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व महान् क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुन इन्डियन प्रिमियर लिग (आइपिएल) मा डेब्यूको प्रतीक्षामा छन् । बायाँ हाते तीव्र गतिका बलर अर्जुन मुम्बई इन्डियन्सको टोलीमा छन् ।

मुम्बईले आज साँझ राजस्थान रोयल्ससँग खेल्दैछ । पाँच पटकको च्याम्पियन मुम्बईले २०२२ मा खराब प्रदर्शन गर्नेक्रममा लगातार ८ खेलमा जित विहीन बन्दै प्लेअफ दौडबाट अनौपचारिक रुपमा बाहिरिएको छ । यो अवस्थामा मुम्बईले आगमी वर्षलाई ध्यानमा राख्दै अर्जुनलाई डेब्यू दिनसक्ने सम्भावना छ ।
अर्जुनलाई डेब्यू दिन मुम्बईले जयदेव उनादकटलाई बेन्चमा राख्नुपर्ने हुन्छ । अर्जुनलाई गत सिजन मुम्बईले अक्सनमा न्यूनतम मूल्य २० लाख भारुमा किनेको थियो । तर सुरुवाती समय मौका नपाउँदा पछि चोटका कारण बाहिरिएका थिए । मेगा अक्सनमा अर्जुनलाई मुम्बईले ३० लाख भारुमा किनेको थियो । अक्सनमा गुजरात टाइटन्सले रुचि देखाएपछि उनले गत सिजन भन्दा महँगो मूल्य पाएका थिए ।

अर्जुन तीव्र गति र तल्लोक्रममा ब्याटिङको क्षमता राख्छन् । गत जनवरीमा मुम्बईबाट सैद मुश्ताक अली ट्रफीमा हरियाणाविरुद्ध डेब्यू गरेका थिए । उनले २ टि२० खेलमा २ विकेट लिएका छन् । अर्कोतर्फ मुम्बईको अघिल्लो चरण समाप्त भएको हुँदा अर्जुनको डेब्यू प्रतीक्षा अन्त्य हुनसक्छ । मुम्बईले अव बाँकी खेलमा मौका नपाएका युवा खेलाडीलाई मैदान उतार्ने सम्भावना देखिन्छ ।
अर्जुनले यस सिजनमा अभ्यासमा राम्रो प्रदर्शन गर्दै आएका छन् । मुम्बईले सार्वजनिक गरेको एक भिडियोमा अर्जुनले ओपनर ईशान किशनलाई योर्करमा बोल्ड गरेका थिए । संयोगवस सचिन मुम्बईका ब्याटिङ प्रशिक्षक हुन् । यदि अर्जुनले डेब्यू गरेमा सचिनले डेब्यू क्याप दिने सम्भावना देखिन्छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]