default_image

10 years ago

September 15, 2015

असोज १ गतेबाट रोयल स्टाग अल्टिमेट इन्डोर क्रिकेट

225 views

0 Bookmark

काठमाडौं, भाद्र २९ ।

यहि असोज १ गतेबाट रोयल स्टाग अल्टिमेट इन्डोर क्रिकेट कप आयोजना हुन गइरहेको छ । यो प्रतियोगताको टाइटल स्पन्सर सिग्राम्स रोयल स्टाग रहेको छ । सो प्रतियोगिताको आयोजना अल्टिमेट इन्डोर्स प्रा. लि. ले गर्न लागेको हो ।

tie shree draw corporate cricket

असोज १५ गतेसम्म चल्ने यो प्रतियोगिताको गेमहरु अल्टिमेट इन्डोर क्रिकेट ग्राउन्डमा आयोजना हुने छ । यो प्रतियोगितामा कुल २० टिमको सहभागिता रहने छ । यो प्रतियोगिता लिग कम नकआउट आधारमा हुनेछ । प्रत्येक टिमले ग्रुप चरणमा ३ वटा खेल खेल्ने छन ।प्रतियोगिताको विजेता तथा उपविजेतालाई टिमलाई ट्रफि, मेडल लगायत गिफ्ट ह्याम्परको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको म्यान अफ दि सिरिजलाई फ्लाइ दुबइको तर्फबाट राउन्ड टिकटको व्यवस्था गरिएको छ । गत सालको अगस्तमा भएको यस प्रतियोगिताको पहिलो संस्मरणमा सेन्चुरी बैंक विजेता रहेको थियो । यो प्रतियोगितामा WWF, मेगा बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, हुवावे, वर्ल्डलिङ्क, बुद्ध एयर, कारोवार दैनिक, हिमालयनडिस्टिलरी, गोर्खा ब्रिवरी, काष्ठमण्डप डेभलपमेन्ट बैङ्क आदि टिमहरुको सहभागिता रहने छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.