default_image

2 years ago

May 1, 2022

नेपाललाई वर्षाको चिन्ता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज जिम्बावे ए सँगको तीन टि२० अभ्यास खेल अन्तर्गत पहिलो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु टोली नेपाल टेस्ट टोली जिम्बावे ए लाई हराउने सोचमा हुनेछ । तर नेपाललाई खेल भन्दा बढी वर्षा वर्षाको चिन्ता देखिन्छ । शनिबार पहिलो एकदिवसिय अभ्यास खेल […]

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज जिम्बावे ए सँगको तीन टि२० अभ्यास खेल अन्तर्गत पहिलो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु टोली नेपाल टेस्ट टोली जिम्बावे ए लाई हराउने सोचमा हुनेछ । तर नेपाललाई खेल भन्दा बढी वर्षा वर्षाको चिन्ता देखिन्छ । शनिबार पहिलो एकदिवसिय अभ्यास खेल वर्षाको कारण स्थगित भएको छ । आइतबार र सोमबार पनि काठमाडौंमा वर्षाको सम्भावना छ ।

त्यसैले पुन वर्षा भएको कारण खेल स्थगित हुने सम्भावना देखिन्छ । नेपालले वर्षाको कारणनै एकदिवसियलाई पछि सारेर टि२० अघि गर्न लागेको हो । शनिबार दिनभर वर्षा हुँदा टियुको आउटफिल्ड भिजेको छ । पानी सुकाउने आधुनिक उपकरण नहुँदा आइतबार चर्को घाम नलागेको खण्डमा खेल्न कठिन पर्छ । तर विहान देखिनै काठमाडौंमा बादलले आकाश ढाकेको छ । आइतबार वर्षाको सम्भावना पनि छ । त्यसैले नेपाललाई खेल भन्दा वर्षाको चिन्ता बढी छ ।

नेपाल घरेलु मैदान, समर्थक र पछिल्लो लयलाई निरन्तरता दिँदै टेस्ट टोली जिम्बावे ए लाई हराउने सोचमा छ । तर सिनियर टोलीबाट खेलि सकेका ८ खेलाडी सम्मिलित जिम्बावेको ए टोलीलाई हराउन सहज भने हुने छैन । जिम्बावे पनि नेपाललाई घरेलु समर्थक सामू स्तब्ध पार्न चाहन्छ ।

अघिल्लो महिना सानदार प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरी र रोहित कुमार पौडेलको असली परिक्षा हुनेछ । नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् । दुबै ओपनरले टि२० मा राम्रो प्रदर्शन गर्दै आएका छन् । त । युवा ब्याटर रोहितले तेस्रो र दीपेन्द्रले चौथो नम्बरमा ब्याटिङ गर्नेछन् । यी दुई खेलाडीको उत्कृष्ट प्रदर्शन विना नेपाललाई जित निकाल्न कठिन पर्ने देखिन्छ ।

पाँचौं नम्बरमा आरिफ शेख र आदिल अन्सारी हुनेछन् । केहि साता अघि मलेसिया र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक टि२० आई सिरिजमा राम्रो छाप छाडेका आदिलबाट नेपालले टि२० मा ठूलो आशा राखेको छ । नेपालले बसिर अहमदलाई मौका दिनसक्ने सम्भावना छ । बसिरले घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् । नेपालले तीन तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र अभिनाश बोहरालाई मैदान उतार्नेछ । सन्दीप र सागर ढकालको सम्भावना देखिन्छ ।

यता जिम्बावे ए मा रहेका खेलाडीलाई सिनियर टोलीमा पर्न उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । २७ वर्षीय ल्यूक जोंगवे नेपाल आउने जिम्बावेका सवैभन्दा ठूला नाम हुन् । उनले १ टेस्ट, २८ ओडिआई र २२ टि२० आई खेल खेलेका छन् । गतवर्ष अप्रिलमा जिम्बावेले पाकिस्तानलाई दोस्रो टि२० खेलमा १९ रनले हराउँदा उनले ३.५ ओभरमा १८ रन खर्चेर ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । दोस्रो र तेस्रो खेलमा वर्तमान समयका उत्कृष्ट ब्याटर बाबर आजमलाई आउट गरेका थिए ।

उनले २०१६ मा ५.१ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ५ विकेट लिएपछि अफगानिस्तान ओडिआई खेलमा ५८ रनमा अल आउट भएको थियो । २९ वर्षीय न्याउची भिक्टरले जिम्बावेबाट ६ टेस्ट खेल्दै १५ विकेट लिएका छन् । उनी तीव्र गति र योर्करका लागि चिनिन्छन् । यी दुई बलरको सामना गर्न नेपाललाई सहज भने हुने छैन ।

जिम्बावेबाट खेलि सकेका युवा लेग स्पिनर तथा मभुता ब्रेन्डन पनि हाबी बन्न सक्छन् । कप्तान टिनोटेन्डा मुटोम्बोड्जी, तडिवानासे मरुमणि र क्याम्पबेल जोनाथन उसका ब्याटर हुन् । सिनियर टोलीबाट ८ खेलेका खेलाडी हुँदा बलियो टोली देखिन्छ । नेपाललाई यो सिरिजमा गुमाउन केहि छैन । अभ्यास खेल हुँदा युवा खेलाडीलाई मौका दिँदै उत्कृष्ट प्रदर्शन गर्ने सोचमा हुनेछ । नेपाली युवा खेलाडीको असली परिक्षा हुनेछ ।

नेपालको टि२० टोली :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनाश बोहरा, सागर ढकाल, साहब आलम, किशोर महतो, विवेक यादव, बसिर अहमद, लोकेश बम र भीम सार्की ।

जिम्बावे ए को टोली :

क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोंगवे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणी तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योंगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर, त्सिग्वागा तफाडजवा ।

नेपाल र जिम्बावे ए बीचको खेल तालिक

वैशाख १८ (मे १) पहिलो टि२० : दिउँसो १ बजे

वैशाख १९ (मे २) दोस्रो टि२० : दिउँसो १ बजे

वैशाख २१ (मे ४) तेस्रो टि२० : दिउँसो १ बजे

वैशाख २३ (मे ६) – पहिलो एकदिवसिय, विहान ९ : ३० बजे

वैशाख २४ (मे ७) – दोस्रो एकदिवसिय, विहान ९ः३० बजे

वैशाख २६ (मे ९) – तेस्रो एकदिवसिय, विहान ९ः ३० बजे

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

Success

Thank you for your time.