default_image

2 years ago

May 1, 2022

आदिलको आक्रामक ब्याटिङमा जिम्बावे ए लाई नेपालको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – फिनिसर आदिल अन्सारीको आक्रामक ब्याटिङमा नेपालका पहिलो टि२० अभ्यास खेलमा जिम्बावे ए लाई १ सय ८२ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । नेपालका आदिल अन्सारी २७ बलमा ४ चौका र […]

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिनिसर आदिल अन्सारीको आक्रामक ब्याटिङमा नेपालका पहिलो टि२० अभ्यास खेलमा जिम्बावे ए लाई १ सय ८२ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८१ रन बनायो ।

नेपालका आदिल अन्सारी २७ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४७ रनमा अविजित रहे । ओपनर कुशल भुर्तेलले ३१ बलमा ८ चौकासहित ४६ रनमा आउट भए । तीव्र गतिका बलर ल्युक जाेंगवेले पाँचौं ओभरको दोस्रो बलमा आसिफ शेखलाई ९ रनमा क्याच गराए ।

आसिफ तेस्रो बलमा टप एज लागेर विकेटकिपर क्यालेव मडान्डेबाट क्याच भए । १६ बल खेलेका आसिफले १ चौका प्रहार गरे । दोस्रो विकेटका लागि कुशल र रोहितले ५७ रनको साझेदारी गरेका थिए ।

कुशल ब्रेन्डन मभुताको ११ औं ओभरको दोस्रो बलमा दीलस्कुप सट खेल्ने धुनमा फाइन लेगमा जाेंगवेबाट क्याच भएपछि अर्धशतक बनाउन चार रनले चुकेका थिए ।

रोहित स्पिनर जोन मसाराको १४ औं ओभरको पाँचौं बलमा लङअनमा ३६ रनमा मभुताबाट सहज क्याच भए । रोहितले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

दीपेन्द्र १३ बलमा १ चौका र २ छक्कासहित २८ रनमा रन आउट भए । आरिफ शेख २ र करण केसीले ४ रन बनाए । जिम्बावेका जोन मसारा, ब्रेन्डन मभुता, ल्यूक जोंगवे र ब्राड ईभान्सले १–१ विकेट लिए ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.