default_image

2 years ago

May 2, 2022

वर्षा रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा वर्षा रोकिएको छ । योसँगै नेपाल र जिम्बावे ए बीचको दोस्रो टि२० अभ्यास खेल चाँडै सुरु हुने सम्भावना देखिन्छ । अहिले टियुका मैदानका कर्माचारीले कभर हटाएर पानी सुकाउन लागेका छन् । टियुमा घाम लागेको छ । पुन वर्षा नभएको खण्डमा खेल चाँडैनै सुरु हुने सम्भावना देखिन्छ । त्यसअघि […]

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा वर्षा रोकिएको छ । योसँगै नेपाल र जिम्बावे ए बीचको दोस्रो टि२० अभ्यास खेल चाँडै सुरु हुने सम्भावना देखिन्छ । अहिले टियुका मैदानका कर्माचारीले कभर हटाएर पानी सुकाउन लागेका छन् ।

टियुमा घाम लागेको छ । पुन वर्षा नभएको खण्डमा खेल चाँडैनै सुरु हुने सम्भावना देखिन्छ । त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाउँदै ४८ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो ।

जिम्बावेका कड्जाइ मउन्जे १३ बलमा ५ चौका २२ रनमा अविजित छन् । उलाई रोय कैयाले १ रनबाट साथ दिनेछन् । तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको दोस्रो ओपनर इनोसेन्ट कैयालाई फष्ट स्लिपमा कुशल भुर्तेलबाट शून्यमा क्याच गराए ।

करण केसीको पाँचौं ओभरको दोस्रो बलमा तडिवानाशे मारुमानी दीपेन्द्रसिंह ऐरीबाट २१ रनमा क्याच भए । उनले ११ बलमा १ चौका र २ छक्का प्रहार गरे । तीन टि२० अभ्यास खेलमा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.