default_image

2 years ago

May 2, 2022

कोलकाताले राजस्थानलाई हरायो

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ४७ औं खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । योसँगै कोलकाताले लगातार पाँच खेलमा हारको यात्रा अन्त्य गर्दै प्ले अफको अंक गणीतिय सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले १९.१ ओभरमा ३ विकेट गुमाउँदै […]

74 views

0 Bookmark

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ४७ औं खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । योसँगै कोलकाताले लगातार पाँच खेलमा हारको यात्रा अन्त्य गर्दै प्ले अफको अंक गणीतिय सम्भावना कायमै राखेको छ ।

जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कोलाकाताका रिन्कु सिंह २३ बलमा ६ चौका र १ छक्कासहित ४२ रनमा अविजित रहे । नितिश राणा ३७ बलमा ३ चौका र २ छक्कासहित ४८ रनमा अविजित रहे ।

ओपनर आरोन फिन्च ४ र बाबा इन्द्रजित १५ रनमा आउट भए । कप्तान श्रेयस ऐरले ३२ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा आउट भए । राजस्थानका टे«न्ट बोल्ट, प्रसिद्ध कृष्ण र कुलदीप सेनले १–१ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो । राजस्थानका कप्तान सञ्जु स्यामसनले ४९ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५४ रनको योगदान दिए । शिम्रन हेटमायरले १३ बलमा १ चौका र २ छक्कासहित २७ रनमा अविजित रहे ।

ओपनर जस बटलर २२, देवदत्त पाडिक्कल २, करुण नायर १३ र रियान पराग १९ रनमा आउट भए । कोलकाताका टिम साउथीले ४ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । शिवम माभी, उमेश यादव र अनुकोल रोयले १–१ विकेट लिए ।

कोलकातालाई प्लेअफमा पुग्न बाँकी चार खेलमा जित निकाल्नुको साथै अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ । कोलकाताले शनिबार लखनऊ सुपर जायन्ट्ससँग खेल्नेछ । राजस्थानको भने प्लेअफ सम्भावना बलियो छ । राजस्थानले पनि शनिबार नै पन्जाब किंग्ससँग खेल्नेछ ।

अंक तालिका

गुजरात ९ खेलमा ८ मा जित र १ मा हारका १६ अंक जोड्दै शीर्ष स्थानमा छ । लखनऊ १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । राजस्थान रोयल्स १० खेलमा ६ मा जित र ४ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ । हैदराबाद ९ खेलमा ५ मा जित र ४ मा हार सहित चौथो स्थानमा छ ।

बेंगलोर १० खेलमा ५ मा जित र ५ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ । दिल्ली ९ खेलमा ४ मा जित र ५ मा हार सहित छैटौं स्थानमा छ । कोलकाता नाइट राइडर्स १० खेलमा ४ मा जित र ६ खेलमा हार सहित सातौं स्थानमा छ । पन्जाब ९ खेलमा ४ मा जित र ५ मा हार सहित आठौं स्थानमा छ ।

चेन्नई ९ खेलमा ३ मा जित र ६ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ९ खेलमा १ मा जित र ८ मा हार सहित पुछारमा छ ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.