काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) आगमी कार्तिक अन्तिममा हुने भएको छ । इपिएल कार्तिक २६ देखि मंसिर १० (नोभेमबर १२ देखि २६) सम्म आयोजना हुने आयोजना हुने भएको छ ।

टि२० विश्वकप २०२२ आगमी अक्टोर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलिया हुँदैछ । विश्वकपको फाइनल अघि सुरु हुँदा ठूला स्टार खेलाडी आउन सक्ने अनुमान गरिएको छ ।
चौथो संस्करणको उपाधि चितवन टाइगर्सले फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो । २०२१ को इपिएलमा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, श्रीलंकाका धाम्मिका प्रसाद, उपुल थरंगा, दक्षिण अफ्रिकामा रिचर्ड लेभी, अफगानिस्तानका मोहम्मद शाहजाद, रहमान उल्लाहगुरबाज, जिम्बावेका सिकन्दर राजा, रयान बर्ल र बंगलादेदशका तमिम इकबाल जस्ता खेलाडीले खेलेका थिए ।
तेस्रो संस्करणको उपाधि ललितपुर प्याट्रियटर्सले जितेको छ । यता नेपाल क्रिकेट संघ (क्यान) ले भने नेपाल टि२० क्रिकेट लिग आगमी सेप्टेम्बरमा गर्ने तयारी गरि रहेको छ । भारतीय कम्पनी सेभेन थ्रीसँग सम्झौता गरि सकेका छ । क्यानले नेपाल टि२० आयोजना गर्न सेभेन थ्रि कम्पनीलाई ८ वर्षको लागि ३३ करोडमा बेचेको छ ।