default_image

3 years ago

May 6, 2022

ब्याटिङमा नेपालको खराब सुरुवात

80 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँगको पहिलो एकदिवसिय अभ्यास खेलमा खराब सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती ८ ओभरमा ४ विकेट गुमाउँदै ४७ रन बनाएको छ ।

तीव्र गतिका बलर भिक्टर न्याउचीले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई १९ रनमा बोल्ड आउट गरे । उनले १० बलमा ४ चौका प्रहार गरे । अर्को ओभरको पाँचौं बलमा ब्राड ईभान्सको आसिफ शेख एज लागेर विकेटकिपर क्लाइभ मडान्डेबाट क्याच भए ।

भिक्टरले आसिफ शेखलाई ५ रनमा बोल्ड आउट गर्दा नेपाल ३३–३ को कमजोर अवस्थामा पुगेको थियो । इभान्सले आठौं ओभरको दोस्रो बलमा रोहित पौडेललाई ३ रनमा एलबीडब्लू आउट गरेपछि नेपाल खराब सुरुवात गरेको छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी १० रन र सोमपाल कामी छन् ।

नेपालको प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, करण केसी, सन्दीप लामिछाने(कप्तान), सुशान भारी र सागर ढकाल ।

December 12, 2024

एनपिएलमा विराटनगर र पोखरा खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवार पनि दुई खेल हुनेछन् । एनपिएलमा आज २०औं तथा २१औं खेल हुँदैछ । पहिलो खेलमा अंक तालिकामा सातौ र आठौं स्थानमा रहेका पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचमा खेल हुनेछ । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ। दुवै टोली पाँचौ खेल खेल्दै […]

December 11, 2024

लुम्बिनीको एनपिएल : अक्सनमा सफल, मैदानमा असफल

भुपेन्द्र जि.सी. लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा काठमाण्डु गुर्खाजसँग १८ रनले हार्दै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बन्यो । लिगका ६ मध्य ५ खेल हारेपछि लुम्बिनी प्लेअफ दौडबाट बाहिरिएको हो । असोज तेस्रो साता काठमाडौंमा सम्पन्न अक्सनमा लुम्बिनी सबैभन्दा भाग्यमानी मानिएको थियो । अक्सनमा उच्च प्रतिस्पर्धापछि गोलाप्रथामा टोलीले ५ खेलाडी (ग्रेड ए […]

December 11, 2024

काठमाडौंसँग पराजित हुदै लुम्बिनी लिगबाट बाहिरियो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्स काठमाडौं गुर्खाजसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । काठमाडौंसँग १८ रनले पराजित हुदै लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । काठमाडौंले दिएको १ सय ४ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक […]

Success

Thank you for your time.