default_image

2 years ago

May 6, 2022

खराब ब्याटिङसँगै जिम्बावे ए लाई नेपालको सामान्य लक्ष्य

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खराब ब्याटिङसँगै घरेलु टोली नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा जिम्बावे ए लाई १ सय ३७ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ३१.३ ओभरमा १ सय ३६ रनमा अल आउट भयो ।

नेपालका सोमपाल कामीले ७० बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३० रन बनाए । करण केसीले ३६ बलमा ३ चौकासहित २५ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

तीव्र गतिका बलर भिक्टर न्याउचीले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई १९ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । १० बल खेलेका कुशलले ४ चौका प्रहार गरे । अर्को ओभरको पाँचौं बलमा ब्राड ईभान्सको बलमा आसिफ शेख ५ रनमा एज लागेर विकेटकिपर क्लाइभ मडान्डेबाट क्याच भए ।

भिक्टरले आरिफ शेखलाई ५ रनमा बोल्ड आउट गर्दा नेपाल ३३–३ को कमजोर अवस्थामा पुगेको थियो । इभान्सले आठौं ओभरको दोस्रो बलमा रोहित पौडेललाई ३ रनमा एलबीडब्लू आउट गर । इभान्सले दशौं ओभरको पाँचौं बलमा दीपेन्द्रलाई विकेटकिपरबाट १८ रनमा क्याच गराएपछि नेपालको ठूलो योगफलको सम्भावना सकिएको थियो ।

स्पिनर ब्रेन्डन मभुताको बलमा ठूलो सट खेलेका आदिल अन्सारी लङअफमा इभान्सबाट २ रनमा क्याच भए । सुशान भारी ११ बल खेल्दै शून्यमा मभुताको बलमा बोल्ड आउट भए । आठौं विकेटका लागि करण केसी र सोमपाल कामीले ३७ रनको साझेदारी गर्दै इनिङलाई केहि उकासेका थिए ।

जिम्बावे ए का तीव्र गतिका बलर ब्राड इभान्सले ८.३ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । भिक्टर न्याउचीले ६ ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । ब्रेन्डन मभुताले ७ ओभरमा १ मेडनसहित २४ रन खर्चेर २ विकेट लिए । चेपाश झुवाओले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिए ।

May 6, 2024

डिएभीले ग्यालेक्सीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– जयकुमारनाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सोमबार डिएभी स्कुबलले ग्यालेक्सीलाई ५५ रनले हारएको छ । १ सय १८ रनको विजय लक्ष्य पछ्याएको ग्यालेक्सीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । ग्यालेक्सका लागि दीपेश गुप्ताले सबैभन्दा बढी ३० रन बनाए । अभय मगरले ७ र अतिफ खानले […]

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

Success

Thank you for your time.