default_image

3 years ago

May 7, 2022

नेपाल टस जितेर पहिला बलिङ गर्दै

128 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँगको दोस्रो अभ्यास खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । स्पिनर सुशान भारी र आदिल अन्सारीलाई बेन्चमा राखेको छ । ब्याटिङ मजबुत बनाउन ओपनर सुनिल धमला र विनोद भण्डारीलाई आजको खेलमा मौका दिएको छ ।

पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । तीन एकदिवसिय खेलमा जिम्बावेले १–० को अग्रता लिएको छ । यसअघि तीन टि२० अभ्यास खेल १-१ को बराबरीमा सकिएको थियो ।

नेपालको प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, सुनिल धमला, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी र सागर ढकाल ।

December 11, 2024

लुम्बिनीको एनपिएल : अक्सनमा सफल, मैदानमा असफल

भुपेन्द्र जि.सी. लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा काठमाण्डु गुर्खाजसँग १८ रनले हार्दै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बन्यो । लिगका ६ मध्य ५ खेल हारेपछि लुम्बिनी प्लेअफ दौडबाट बाहिरिएको हो । असोज तेस्रो साता काठमाडौंमा सम्पन्न अक्सनमा लुम्बिनी सबैभन्दा भाग्यमानी मानिएको थियो । अक्सनमा उच्च प्रतिस्पर्धापछि गोलाप्रथामा टोलीले ५ खेलाडी (ग्रेड ए […]

December 11, 2024

काठमाडौंसँग पराजित हुदै लुम्बिनी लिगबाट बाहिरियो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्स काठमाडौं गुर्खाजसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । काठमाडौंसँग १८ रनले पराजित हुदै लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । काठमाडौंले दिएको १ सय ४ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक […]

December 11, 2024

लुम्बिनी सामू चलेन काठमाडौंकाे ब्याटिङ

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सको बलिङ सामू काठमाडौं गुर्खाज झिनो योगफलमा समेटिएको छ । लुम्बिनीविरुद्ध काठमाडौंले १ सय ४ रनको झिनो लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमा अल आउट भयो । काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । […]

Success

Thank you for your time.