default_image

2 years ago

May 7, 2022

नेपाललाई पहिलो बलमै सफलता

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँगको दोस्रो अभ्यास खेलमा पहिलो बलमै विकेट लिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावे ए ले पहिलो ओभरमा एक विकेट गुमाउँदै दुई रन बनाएको छ ।

तीव्र गतिका बलर करण केसीको इनिङको पहिलो बलम ओपनर इनोसेन्ट कैया एज लागेर आसिफ शेखबाट क्याच आउट भए । ओपनर चेपाश झुवाओ र तडिवाशाने मरुमानी क्रिजमा छन् ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । स्पिनर सुशान भारी र आदिल अन्सारीलाई बेन्चमा राखेको छ । ब्याटिङ मजबुत बनाउन ओपनर सुनिल धमला र विनोद भण्डारीलाई आजको खेलमा मौका दिएको छ ।

पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । तीन एकदिवसिय खेलमा जिम्बावेले १–० को अग्रता लिएको छ । यसअघि तीन टि२० अभ्यास खेल १-१ को बराबरीमा सकिएको थियो ।

नेपालको प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, सुनिल धमला, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी र सागर ढकाल ।

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

Success

Thank you for your time.