default_image

2 years ago

May 15, 2022

इन्दु राष्ट्रिय टोलीको उपकप्तान नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानमा ब्याटर इन्दु वर्मालाई नियुक्त गरेको छ । सिता रानामगरको स्थानमा इन्दुलाई उपकप्तान नियुक्त गरिएको हो । सोमबारदेखि सुरु हुने युगान्डाविरुद्धको टि२० सिरिजका लागि घोषित टोलीमा रहेपनि सिता हाल दुबईमा जारी फेयरब्रेक आमन्त्रण प्रतियोगिता खेलिरहेकी छिन् । उनले टोलीका लागि प्रभावशाली […]

227 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानमा ब्याटर इन्दु वर्मालाई नियुक्त गरेको छ ।

सिता रानामगरको स्थानमा इन्दुलाई उपकप्तान नियुक्त गरिएको हो । सोमबारदेखि सुरु हुने युगान्डाविरुद्धको टि२० सिरिजका लागि घोषित टोलीमा रहेपनि सिता हाल दुबईमा जारी फेयरब्रेक आमन्त्रण प्रतियोगिता खेलिरहेकी छिन् । उनले टोलीका लागि प्रभावशाली प्रदर्शन गरिरहेकी छिन् ।

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले सिताको स्थानमा इन्दुलाई पूर्णकालिन उपकप्तानको जिम्मेवारी दिइएको बताए । यससँगै क्यानले महिला टोलीमा केन्द्रिय सम्झौता रहेका खेलाडीको पनि रकम बढाएको छ ।

सिता आज हुने फेयरब्रेक प्रतियोगिताको फाइनलमा टोर्नाडो टोलीका लागि खेल्ने कार्यक्रम रहेको छ । राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री भने युगान्डाविरूद सिरिजका लागि नेपाल आइसकेकी छिन् । उनी पनि फेयरब्रेकमा बार्मी आर्मीको टोलीमा रहेकी थिइन् । उनले कमै अवसर पाएकी थिइन् ।

नेपाल र युगान्डाबीच ५ खेलको टि२० अन्तर्राष्ट्रिय सिरिज हुँदैछ । नेपालले सिरिजका लागि १६ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेको छ । दुबईमा रहेकी सिताले सुरुवाती खेल गुमाउनेछिन् ।

यो पनि : अस्मिना र हिरान्मायेलाई पहिलो पटक समेट्दै नेपालको टोली घोषणा

April 28, 2024

राजस्थानको लखनऊविरुद्ध सहज जित

एजेन्सी – जारी इंडियन प्रिमियर लिग (आईपिएल) को शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदूरी बढाएको छ । नवौं खेलमा आठौ जित दर्ता गर्ने क्रममा राजस्थानले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित दर्ता गरेको हो । लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो । […]

April 27, 2024

रोहितको शतकसँगै केल्मीको विश्वकप जर्सीमा विशेष अफर

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए विरुद्ध टि२० सिरिजको पहिलो खेलमा नेपाललाई जित दिलाउन कप्तान रोहित कुमार पौडेलले शतक प्रहार गरे । नेपालको राष्ट्रिय क्रिकेट टोलीको किट निर्माणकर्ता केल्मीले रोहितको शतकको अवसरमा समर्थकहरुलाई विशेष अफर ल्याएको छ । रोहितले १ सय १२ रनको सानदार इनिङ खेलेपछि केल्मीले विश्वकप जर्सीको प्रि-अर्डरमा १ सय १२ रुपैयाँ […]

April 27, 2024

दिल्लीद्वारा मुम्बई पराजित

एजेन्सी – रनको भारी वर्षा भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्स माथि जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्लीले १० रनको जित निकालेको हो । दिल्लीले दिएको २५८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक […]

Success

Thank you for your time.