default_image

2 years ago

May 16, 2022

नेपाल पहिलो खेलमा युगान्डासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल पहिलो महिला टि२० आई खेलमा युगान्डासँग १२ रनले पराजित भएको छ । योसँगै भ्रमण टोली युगान्डाले पाँच महिला टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि १ सय ३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९० रन बनायो । […]

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल पहिलो महिला टि२० आई खेलमा युगान्डासँग १२ रनले पराजित भएको छ । योसँगै भ्रमण टोली युगान्डाले पाँच महिला टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९० रन बनायो । नेपाललाई जितको लागि अन्तिम १२ बलमा २६ रन चाहिँएको थियो । १९ औं ओभरको पहिलो बलमै क्रिजमा जमेर बसेकी उपकप्तान इन्दु रन आउट भएपछि नेपालको जितको सम्भावना सकिएको थियो ।

इन्दु २८ बलमा १ चौकासहित सर्वाधिक १६ रनमा आउट भइन् । नेपालका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रमुख तीन ब्याटर रन आउट भएका थिए । पहिलो विकेटका लागि ओपनर ज्योति पाण्डे र विन्दु रावलले ४.२ ओभरमा २० रनको साझेदारी गरेका थिए । रावल २३ बलमा २ चौकासहित १२ रन र ज्योति ७ बलमा ६ रनमा आउट भए । दुबै ओपनर रन आउट हुन पुगेका थिए ।

कप्तान रुविना क्षेत्री बेलबासेलाई ११ औं ओभरको चौथो बलमा सारा अकिटेङले ९ रनमा बोल्ड गरिन् । अर्को ओभरमा अप्सरी बेगम जेनेट म्बाबाजीले १ रनमा एलबीडब्लू आउट गर्दा नेपाल ४४–४ को अवस्थामा पुगेको थियो ।

१३ औं ओभरको दोस्रो बलमा अकिटेङले हिटर कविता जोशीलाई ४ रनमा क्याच गराएपछि नेपालको जित कठिन बनेको थियो । १७ औं ओभरको पहिलो बलमा रोमा थापा ५ रनमा एलबीडब्लू आउट भएपछि नेपाल ६१–६ को दयनीय अवस्थामा पुगेको थियो ।

तल्लोक्रममा डली भट्ट ९ बलमा २ चौकासहित १३ रनमा बोल्ड भइन् । युगान्डाकी सारा अकिटेङले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । कोन्सी अवेकोले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । रिता मुसामाली र जेनेत म्बाबाजीले १(१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रन बनाएको थियो । युगान्डाकी जेनेत म्बाबाजीले ३८ बलमा ३ चौकासहित सर्वाधिक २९ रन बनाइन् । नेपाललाई तीव्र गतिकी बलर कविता कुँवरले पहिलो ओभरमै सफलता दिलाएकी थिइन् ।

कविताको तेस्रो बलमा ओपनर लिओना बबेरीलाई शून्यमा बोल्ड आउट हुन पुगिन् । दोस्रो विकेटका लागि जेनेत म्बाबाजाई र केभिन एविनोले ४५ रनको साझेदारी गरेका थिए ।

१२ औं ओभरको पहिलो बलमा इन्दु बर्माले जेनेतलाई २९ रनमा एलबीडब्लू आउट गरिन् । ३८ बल खेलेकी उनले ३ चौका प्रहार गरिन् । अर्को ओभरको पहिलो बलमा रुविनाले एविनोलाई १५ रनमा इन्दु बर्माबाट क्याच गराइन् । उनले ३० बल खेलेकी थिइन् ।

रिता मुसामाली १७ बलमा १३ रनमा अविजित रहिन् । रिता न्यांगन्डोले १३ बलमा १ चौका र १ छक्कासहित १८ रनमा आउट भइन् । फ्रैंकलिन नज्जुम्बाले १८ बलमा १२ रन बनाइन् ।

नेपालकी कविता कुँवरले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिइन् । कविता जोशी र इन्दु बर्माले १-१ विकेट लिइन् । नेपालले दोस्रो महिला टि२० आई खेल मंगलबार खेल्नेछ ।

April 26, 2024

नेपाली टोलीमा ४ खेलाडी थपिए

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विहीबार घोषणा भएको १६ सदस्यीय टोलीमा नेपाल ‘ए’ बाट ४ खेलाडी थपिएको जानकारी दिएका हुन् । उक्त सिरिजमा उच्च […]

April 26, 2024

लुम्बिनी र कर्णाली फाइनलमा , बागमती बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिमसँग ३ विकेटले पराजित हुँदा बागमती प्रदेश रन रेटको आधारमा वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपको लिग चरणबाट बाहिरिएको छ। जितले बागमती अंक तालिकाको शीर्षस्थानमा रहँदै फाइनलमा पुग्ने थियो। तर हारले रन रेटको आधारमा बाहिरिएको हो। बागमतीको हारमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश फाइनलमा प्रवेश गर्न सफल भएका छन्। कम स्कोर‌को […]

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

Success

Thank you for your time.