default_image

2 years ago

May 17, 2022

नेपालले युगान्डासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले दोस्रो महिला टि२० आई खेलमा आज युगान्डासँग खेल्दैछ । खेल दिउँसो १ बजे टियु मैदानमा सुरुहुनेछ । पाँच महिला टि२० आई खेलमा युगान्डाले १–० को अग्रता लिएको छ । पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो । जितको लागि १ सय ३ रनको मध्यम विजयी […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले दोस्रो महिला टि२० आई खेलमा आज युगान्डासँग खेल्दैछ । खेल दिउँसो १ बजे टियु मैदानमा सुरुहुनेछ । पाँच महिला टि२० आई खेलमा युगान्डाले १–० को अग्रता लिएको छ ।

पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो । जितको लागि १ सय ३ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाउँदै ९० रन जोड्न सकेको थियो । नेपालले आजको खेलमा ब्याटिङमा केहि परिवर्तन गर्नेछ । प्रमुख अलराउन्डर सीता रानामगर दोस्रो खेलमा उपलब्ध हुने हुँदा नेपालको टोली थप मजबुत बन्नेछ ।

बायाँ हाते सीता फेयर ब्रेक इन्भिटेसनल खेलेर सोमबार नेपाल फर्केको हुँदा खेलको लागि उपलब्ध हुनेछिन् । सीता उपलब्ध हुँदा बायाँ हाते ओपनर विन्दु रावल टोली बाहिर हुनेछन् । सीता ओपनिङसँगै बलिङ र उत्कृष्ट फिल्डर समेत हुन् । फेयर ब्रेकमा उत्कृष्ट प्रदर्शनका साथ उच्च मनोबलका साथ स्वदेश फर्केकी उनको प्रदर्शन धेरै महत्वपूर्ण हुनेछ ।

विकेटकिपर ज्योति पाण्डे र उपकप्तान इन्दु बर्माको प्रदर्शन महत्वपूर्ण हुनसक्छ । रुविनाले पाँचौं र अप्सरी बेगमले चौथो नम्बरमा ब्याटिङ गर्न सक्छन् । अप्सरीको स्थानमा स्पिनर संगिता राई र हिरान्माये रोय मध्य एकलाई मौका दिनसक्छ । तीव्र गतिका बलरमा कविता कुँवर, सबनम राई र अस्मिना कर्माचार्य हुनेछन् ।

नेपालले पहिलो खेलमा तीन प्रमुख ब्याटर रन आउटको रुपमा गुमाएको थियो । फिटनेश र फिल्डिङ नेपालको निकै कमजोर देखिएको थियो । आजको खेलमा फिल्डिङमा सुधार विना जित कठिन देखिन्छ ।

युगान्डाकी रिता मुसामाली टोलीकी प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन महत्वपूर्ण हुनेछ । जेनेत म्वाबाजी र रिता न्यागेन्डोले पनि पहिलो खेलमा राम्रो ब्याटिङको सम्भावना देखाएका थिए । सोमबार साँझ भारी वर्षाले भिजेको आउटफिल्डले खेल समयमै सुरु हुने सम्भावना कम छ । आज पुन पानी परेको खण्डमा भने खेल हुने सम्भावना कम रहन्छ ।

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

April 23, 2024

राजस्थानको जितमा यशस्वीको शतक

एजेन्सी – यशस्वी जैसवालको शानदार शतकसहित राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार मुम्बई इन्डियन्सविरुद्ध ९ विकेटले हराएको छ । १ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले १८.४ ओभरमा १ विकेटको क्षेतिमा १ सय ८३ रन जोड्दै जित हासिल गरेको हो । दमदार सुरुवात गरेको राजस्थानका लागि यशस्वी र जोस बटलरले पहिलो विकेटका लागि […]

Success

Thank you for your time.