default_image

2 years ago

May 17, 2022

नेपालको युगान्डालाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम ओभरमा १५ रन बनाउँदा घरेलु टोली नेपालले दोस्रो महिला टि२० आई खेलमा युगान्डालाई १ सय २ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १ रन बनायो । नेपालकी ओपनर विन्दु रावलले ३६ बलमा २ […]

67 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम ओभरमा १५ रन बनाउँदा घरेलु टोली नेपालले दोस्रो महिला टि२० आई खेलमा युगान्डालाई १ सय २ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १ रन बनायो ।

नेपालकी ओपनर विन्दु रावलले ३६ बलमा २ चौकासहित सर्वाधिक २६ रन बनाइन् । सरिता मगरले २७ बलमा २ चौकासहित २२ रन आउट भइन् । नेपालले अन्तिम ओभरमा जेनेत म्वाबाजीलाई १५ रन प्रहार गर्दै एक सय रन कटाएको थियो । डली भट्टले पहिलो बलमा छक्का र रुविना क्षेत्री बेलबासले चौथो बलमा चौका प्रहार गरेका थिए ।

ओपनर इन्दु बर्मा १३ बलमा ५ रन बनाउँदै बोल्ड भइन् । अप्सरी बेगमलाई जेनेत म्वाबाजीले ३ रनमा बोल्ड गरिन् । अप्सरीले १२ बल खेलेकी थिइन् । १३ औं ओभरको चौथो बलमा ओपनर विन्दु रावल रिता मुसामालीको बलमा २६ रनमा कटएण्ड बोल्ड भइन् । तेसो विकेटका लागि विन्दु र सरिता मगरले २१ रनको साझेदारी गरेका थिए ।

चौथो विकेटका लागि सीता र सरिताले १० बलमा १६ रन जोड्दै रनको गति बढाए । सीता ९ बलमा ६ रनमा आउट भइन् । दुई रन लिनेक्रममा सीता रन आउट हुन पुगेकी थिइन् । हिटर कविता जोशी कोन्सी एविकोको बलमा शून्यमा बोल्ड भइन् ।

डली भट्ट ७ बलमा १ छक्कासहित ९ रनमा अविजित रहिन् । रुविना क्षेत्री १५ बलमा २ चौकासहित १७ रन जोड्दै अन्तिम बलमा रन आउट भइन् । नेपालले पावर प्लेको ३६ बल मध्य २३ बल डट खेल्दै निकै सुस्त सुरुवात गरेको थियो ।

युगान्डाकी जेनेत म्वाबाजीले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । एभलिन एनपो, कोन्सी एविको र रिता मुसामालीले १-१ विकेट लिए ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.