काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीकी प्रमुख अलराउन्डर सीता रानामगरले युगान्डासँगको दोस्रो महिला टि२० आई खेलमा विकेट लिएपछि पुष्पा सेलेब्रेसन गरेकी छिन् ।

जितको लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको युगान्डाको सीताले पाँचौं ओभरमा विकेट लिएकी थिइन् । सीताले पाँचौं ओभरको पाँचौं बलमा जेनेत म्बाबाजीलाई १६ रनमा कट एण्ड बोल्ड आउट गरेपछि सीताले पुष्पा सेलेब्रेसन गरेकी थिइन् ।
लगातार तेस्रो चौका प्रहार गर्नेक्रममा म्बावाजी आउट भएकी थिइन् । त्यसपछि सीताले पुष्पा सेलेब्रेसन गर्दै पछि आफ्नो जर्सी देखाएकी थिइन् । भारतीय फिल्म पुष्षामा अल्लु अर्जुनले झुकेका नही (म झुक्ने छैन ) भन्दै पुष्पा सेलेब्रेसन गरेका थिए । जुन सेलेब्रेसन विश्वभर निकै चर्चामा रहँदै आएको छ । विश्व स्टार खेलाडीहरुले पनि यस सेलेब्रेसन गर्दै आएका छन् ।

सीताले यहि सेलेब्रेसन दुई साताअघि युएईमा भएको फेयर ब्रेक इन्भिटेसनल प्रतियोगितामा टोर्नाडोसबाट साफायर वुमन्सविरुद्ध विकेट लिँदा पुष्पा सेलेब्रेसन गरेकी थिइन् । जुन विश्वभर चर्चामा भएको थियो । फेयर ब्रेक खेलेर सोमबार नेपाल फर्किएकी सीताले पहिलो खेल खेलेकी छिन् ।
सीता ब्याटिङमा भने ९ बलमा ६ रनमा रन आउट भएकी थिइन् । क्यानले सीतालाई आइतबार मात्र उपकप्तानबाट हटाएको थियो ।
यो पनि : फेयर ब्रेकमा नेपालको शान, स्वदेश नआउँदै खोसियो उपकप्तान