default_image

4 years ago

May 16, 2022

फेयर ब्रेकमा नेपालको शान, स्वदेश नआउँदै खोसियो उपकप्तान

296 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

कुनैपनि देश वा टोलीको उपकप्तान भविष्यको कप्तानको रुपमा हेर्ने गरिन्छ । हरेक टोलीले कप्तान हुँदै उपकप्तान परिवर्तन गर्दछन् । तर नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आश्चर्यजनक निर्णय गर्दै नेपाली महिला क्रिकेट टोलीकी अनुभवी तथा प्रमुख अलराउन्डर सीता रानामगरलाई उपकप्तानबाट हटायो ।

सिनियर टोलीकी प्रमुख खेलाडी सीता युएईमा फ्रेयर ब्रेक इन्भिटेसनल प्रतियोगितामा टोर्नाडोस वुमन्सबाट सानदार प्रदर्शनका साथ च्याम्पियन बनिन् । तर फाइनल खेल सुरु हुनुभन्दा केहि घण्टा अगाडि उनले आफ्नो उपकप्तान पद गुमेको खबर सुन्नुपर्यो । विश्व क्रिकेटका शीर्ष खेलाडी सम्मिलित प्रतियोगितामा सीताले आफू व्यक्तिगत खेलाडी मात्र नभएर नेपालकै प्रतिनिधित्व गरेकी थिइन् ।

फेयर ब्रेकमा उत्कृष्ट प्रदर्शनका साथ च्याम्पियन र प्रतियोगिताको उत्कृष्ट ११ मा पर्न सफल उनले नेपाल महिला क्रिकेटमा पनि अब्बल रहेको पहिचान स्थापित गरिन् । तर घरेलु क्रिकेटकी सर्वाधिक सफल कप्तान समेत रहेकी उनलाई नेपाल नआइपुग्दै झट्का लागेको छ । लामो समयदेखि कप्तानको दाबेदारको रुपमा रहँदै आएकी सीतालाई त्यसको अवसर नै नदिई क्यानले अर्को विकल्प खोजेको प्रष्ट पारेको छ ।

सीताको कप्तानीमा नेपाल एपिएफ क्लबले घरेलु प्रतियोगितामा एकछत्र राज गर्दै आएको छ । एपिएफले उपाधि जित्न नसकेको विरलै प्रतियोगिता छन् । अनुभव, प्रदर्शन र क्षमताले सीता अब नेपाली महिला क्रिकेट टोलीको कप्तानको प्रमुख दाबेदार थिइन् । तर क्यानले सीतालाई हटाएर इन्दु वर्मालाई उपकप्तान नियुक्त गर्यो ।

विश्व स्टार खेलाडी सामू फ्रेयर ब्रेकमा सानदार प्रदर्शन गरेकी उनलाई क्यानको निर्णयले भने स्वदेश फर्किन नपाउँदै निराश बनाएको छ । सीता सोमबार नेपाल आइपुगेकाले मंगलबार हुने दोस्रो खेलका लागि उपलब्ध छिन् । दायाँ हाते सीताले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा राम्रो प्रदर्शन गरिन् । ब्याटिङमा कम अवसर पाएकी उनले एक खेलमा भने माथिल्लो क्रममा आएर जितसम्म डोर्याएकी थिइन् ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले अब नयाँ कप्तान विकास गर्नुपर्ने भन्दै छनोट समितिबाट सिफारिस आएपछि निर्णय गरेको बताएका छन् । युगान्डासँग सोमबार सुरु भएको सिरिजको खेलपछि कप्तान रुविना क्षेत्री बेलबासेले पनि स्थायी रुपमा नै सीतालाई हटाएको जनाइन् ।

‘नयाँलाई मौका दिने भन्ने थियो । सीतासँग यस विषयमा छलफल भएको छ वा छैन मलाई थाहा भएन । फेयरब्रेक खेलेर म पनि ढिलो आईपुगे । खेलाडीहरुलाई सोध्दा सन्तुष्ट नै थिए,’ सन् २०१२ देखि नेपाली टोलीको नेतृत्व सम्हाल्दै आएकी रुविनाले भनिन् । उनले पहिलो खेलमा हार बेहोर्दा सीताको कमी भने महसुस भएको बताइन् ।

रुविनाले बारम्बार नेपालको विश्वकप खेल्ने सपना रहेको बताएपनि टोलीले हालसम्म छनोट चरण पार गर्न सकेको छैन । अझ नेपालभन्दा पछि क्रिकेट खेल्न सुरु गरेका देशले विश्वकप खेल्दा नेपाल दाबेदारमा नै सिमित छ । पछिल्लो छनोट हेर्ने हो भने नेपाललाई हराउने टोलीको संख्या बढेको छ ।

टोलीको कप्तान नै परिवर्तन गर्नुपर्ने समय आएको हो भन्ने प्रश्नमा रुविनाले सहमति जनाइन् । ‘एउटा समय हुन्छ । सधैं रुविना र सीताले गर्नुपर्छ भन्ने पनि छैन । सहि समयमा कसलाई दिने भन्ने कुरा हो । मैले पनि धेरै कप्तानी गर्दिन होला’, उनले भनिन् ।

यता टोलीका प्रशिक्षक जगत टमाटाले पनि बोर्डको निर्णयलाई आफूले मानेको बताए । ‘सीता राम्रो खेलाडी हो । टोलीमा उनको भूमिका महत्त्वपूर्ण छ । तर बोर्डले निर्णय गरेको कुरालाई हामीले मान्नुपर्छ’, प्रशिक्षक टामटाले भने, ‘म एउटा प्रशिक्षकको रुपमा सबै खेलाडीलाई समान रुपमा हेर्छु । बोर्डले निर्णय गरेको कुरालाई सम्मान गर्नैपर्छ । नयाँ अनुहारलाई अवसर दिउँ भन्ने पनि छ ।’

‘जहाँसम्म रुविनाको कुरा छ । रुविना र सीताले अब दुई वर्ष खेल्छन् होला । त्यसैले नयाँ खेलाडीलाई विकास गर्ने समय छ । हामीले यसपटक यू१९ खेलाडी टोलीमा राखेका छौं । युवा खेलाडीलाई कसरी विकास गर्ने त्यो महत्वपूर्ण कुरा हो’, टमाटाले भने ।

सीता घरेलु क्रिकेटकी सर्वाधिक सफल कप्तान हुन् । त्यसैले उनलाई एक पटक नेपालले कप्तानमा परिक्षण गरेर विश्वकप खेल्ने सम्भावना हुन्थ्यो । टमाटाले विश्वकप छनोटको लागि दुई वर्ष समय रहेको बताए । ‘यो दुई वर्षमा जे पनि हुनसक्छ । यो दुई वर्षलाई हामीले कसरी विकास गरेर लैजाने भन्ने महत्वपूर्ण कुरा हो’, टमाटाले भने ।

यता सिनियर टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरी आगमी विश्वकप छनोटलाई ध्यानमा राख्दै निष्पक्ष रुपमानै उपकप्तान परिवर्तन गरेको बताउँछन् । ‘सीता र रुविना एउटै उमेरको भए । हामीले नयाँलाई अर्को छनोटको रुपमा हेर्नुपर्यो । त्यसैले हामी टोलीमा नयाँ कप्तान खोजिरहेका छौं, चौधरीले भने ।

नयाँ कप्तान बनाउन अनौपचारिक रुपमा सीता र रुविना दुवैसँग कुरा गरेको चौधरी बताउँछन् । ‘सीता पनि नेपाली क्रिकेटको राम्रो कुरा खोज्छिन् होला । मेरो लक्ष्य आगमी विश्वकप छनोटमा छनोट हुने हो । यो सिरिजपछि टिममा धेरै परिवर्तन देख्न सकिन्छ । किनभने कुनै खेलाडी भन्दापनि विश्वकप छनोट महत्वपूर्ण छ’, उनले भने ।

‘मेरो उदेश्य भनेको टिम कसरी माथि जान्छ त्यो हो । त्यसैले जो पनि आउन र जान सक्छ’, चौधरीले दोहोर्याए ।

घरेलु टोलीको नतिजा हेर्दा सीता र रुविनालाई छाड्ने हो भने सफल कप्तान देखिदैन । इन्दुको कप्तानमा चितवन राइनोजले २०१९ मा अपराजित रहँदै वुमन्स च्याम्पियन्स लिग टि२० प्रतियोगिता (डब्लूसिएल) को उपाधि जितेको थियो । एपिएफबाट घरेलु क्रिकेट खेल्ने इन्दुले कप्तानी गरेको त्यहि एक प्रतियोगिता हो ।

इन्दुलाई छाड्ने हो भने सिनियर टोलीमा नेतृत्वको लागि युवा खेलाडी हेर्नुपर्ने हुन्छ । डली भट्ट, सुमन खतिवडा र कविता कुँवर सम्भावित नाम हुन् । कविता बाहेक अन्य खेलाडी टोलीमा पर्ने नपर्ने निश्चित छैन ।

नेतृत्व तयार पार्नमा महिला टोली धेरै पछि परेको छ । खेलाडी करिअरको अन्तिम समयतिर आएकी सीतालाई कम्तिमा नेतृत्वमा परिक्षणमा अवसर दिनुपर्ने हो । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी सीता गत नोभेम्बरमा आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटकी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।

क्यानले हाललाई सीतालाई नेतृत्वमा हेर्न सक्थ्यो र उपकप्तानमा नयाँ खेलाडी ल्याउने विकल्प थियो । लामो समय एकै टोलीमा खेलेको हुनाले सीताले आगामी कप्तानको रुपमा इन्दुलाई उपकप्तान मार्फत राम्रोसँग तयार पार्न सक्थिन् । एपिएफबाटसँगै घरेलु क्रिकेट खेल्ने हुँदा एक अर्काले राम्रोसँग बुझेका छन् । तर सीतालाई नै उपकप्तानबाट हटाएर क्यानले सिधै इन्दुलाई नेतृत्व दिएको छ ।

एक्कासी नेतृत्व परिवर्तन गर्दा टिम निर्माणको लागि समय लाग्ने हुँदा दीर्घकालिन रुपमा ठूलो असर पर्नसक्छ । लगातार उत्कृष्ट प्रदर्शन र घरेलु क्रिकेटमा एकपछि अर्को उपाधि जितेकी सीतालाई वर्तमान समयमा उपकप्तानबाट हटाउनु त्यति जायज भने देखिदैन । एकातर्फ उनको प्रदर्शनमा असर पर्ने डर त छँदैछ, सीताले नेपाली क्रिकेटमा दिएको योगदान र उनको नेतृत्व क्षमतालाई पनि क्यानले पुन: एकपटक बेवास्ता गरेको छ ।

यो पनि :

सीताको प्रेरणादायी क्रिकेट यात्रा

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.