default_image

4 years ago

May 17, 2022

नेपालमाथि युगान्डाको रोमान्चक जित

379 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युगान्डाले दोस्रो महिला टि२० आई खेलमा घरेलु टोली नेपालमाथि एक विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै युगान्डाले पाँच महिला टि२० आई खेलको सिरिजमा २–० को अग्रता लिएको छ ।

जितको लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको युगान्डाले १९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । युगान्डाको जितमा रिता मुसामालीले ३४ बलमा ३ चौकासहित सर्वाधिक ३० रन बनाइन् । फ्रेन्कलिन नाजुम्बा २८ बलमा १ चौकासहित महत्वपूर्ण १९ रन जोडिन् ।

युगान्डालाई जितको लागि अन्तिम १२ बलमा जितको लागि १० रन चाहिँएको थियो । सबनम राइले १९ औं ओभरको अन्तिम दुई बलमा दुई विकेट लिँदै चार रन खर्चेपछि नेपालको झिनो आशा बचेको थियो । अन्तिम ओभरको पहिलो बल कविताले वाइड फ्याँलिन् । पहिलो बलमा नजुम्बा स्क्वायर लेगमा विन्दु रावलबाट क्याच भएपछि जितको आशा पलाएको थियो ।

दोस्रो बलमा दुई रन लिनेक्रममा सारा एविको रन आउट भइन् । तेस्रो बलमा एक र चौथो बलमा फिल्डिङ मिसका साथ दुई रन खर्चेपछि दुई बलमा एक रन चाहिँएको थियो । पाँचौं बलमा एक रन बटुल्दै जित पक्का गरिन् ।

पहिलो ओभरको चौथो बलमै कविता कुँवरले ओपनर केभिन एविनोलाई ४ रनमा इन्दु बर्माबाट क्याच गराइन् । पाँचौं ओभरको पाँचौं बलमा सीता रानामगरले जेनेत म्बावाजीलाई १६ रनमा कट एण्ड बोल्ड आउट गरिन् । १६ बल खेलेकी उनले ३ चौका प्रहार गरिन् । लेयोना बबिरे ९ रनमा आउट भइन्।

नेपालको सबनम राइले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवरले ३.५ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । सीता रानामगर र रुविना क्षेत्री बेलबासेले १–१ विकेट लिए।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो । नेपालकी ओपनर विन्दु रावलले ३६ बलमा २ चौकासहित सर्वाधिक २६ रन बनाइन् । सरिता मगरले २७ बलमा २ चौकासहित २२ रन आउट भइन् ।

नेपालले अन्तिम ओभरमा जेनेत म्वाबाजीलाई १५ रन प्रहार गर्दै एक सय रन कटाएको थियो । डली भट्टले पहिलो बलमा छक्का र रुविना क्षेत्री बेलबासले चौथो बलमा चौका प्रहार गरेका थिए । ओपनर इन्दु बर्मा १३ बलमा ५ रन बनाउँदै बोल्ड भइन् । अप्सरी बेगमलाई जेनेत म्वाबाजीले ३ रनमा बोल्ड गरिन् ।

अप्सरीले १२ बल खेलेकी थिइन् । १३ औं ओभरको चौथो बलमा ओपनर विन्दु रावल रिता मुसामालीको बलमा २६ रनमा कटएण्ड बोल्ड भइन् । तेसो विकेटका लागि विन्दु र सरिता मगरले २१ रनको साझेदारी गरेका थिए ।

चौथो विकेटका लागि सीता र सरिताले १० बलमा १६ रन जोड्दै रनको गति बढाए । सीता ९ बलमा ६ रनमा आउट भइन् । दुई रन लिनेक्रममा सीता रन आउट हुन पुगेकी थिइन् । हिटर कविता जोशी कोन्सी एविकोको बलमा शून्यमा बोल्ड भइन् ।

डली भट्ट ७ बलमा १ छक्कासहित ९ रनमा अविजित रहिन् । रुविना क्षेत्री १५ बलमा २ चौकासहित १७ रन जोड्दै अन्तिम बलमा रन आउट भइन् । नेपालले पावर प्लेको ३६ बल मध्य २३ बल डट खेल्दै निकै सुस्त सुरुवात गरेको थियो । युगान्डाकी जेनेत म्वाबाजीले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । एभलिन एनपो, कोन्सी एविको र रिता मुसामालीले १-१ विकेट लिए ।

नेपालले कमजोर फिल्डिङलाई दोस्रो खेलमा पनि निरन्तरता दिएको थियो । नेपाल पहिलो खेलमा १२ रनले पराजित भएको थियो । तेस्रो खेल बिहीबार हुनेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.