default_image

2 years ago

May 23, 2022

कृतिका नेपाली महिला यू–१९ टोलीको कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले युवा स्पिनर कृतिका मरासिनीलाई यू-१९ टोलीको कप्तानमा नियुक्त गरेको छ । १७ वर्षीय कृतिकाले लुम्बिनी प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गर्दछिन् । २०१९ मा चीनमा भएको बि एण्ड आर कप प्रतियोगितामा कृतिका सर्वोत्कृष्ट बलर चुनिएकी थिइन् । घरेलु क्रिकेटमा उनले लगातार राम्रो सम्भावना देखाउँदै आएकी छिन् । […]

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले युवा स्पिनर कृतिका मरासिनीलाई यू-१९ टोलीको कप्तानमा नियुक्त गरेको छ ।

१७ वर्षीय कृतिकाले लुम्बिनी प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गर्दछिन् । २०१९ मा चीनमा भएको बि एण्ड आर कप प्रतियोगितामा कृतिका सर्वोत्कृष्ट बलर चुनिएकी थिइन् । घरेलु क्रिकेटमा उनले लगातार राम्रो सम्भावना देखाउँदै आएकी छिन् ।

मलेसियामा हुने यू–१९ वुमन्स विश्वकप एसिया क्षेत्रको छनोटको लागि नेपालले कृतिकालाई कप्तानमा नियुक्त गरेको हो । अर्को वर्ष पहिलो पटक दक्षिण अफ्रिकामा हुन लागेको यू–१९ विश्वकपको नेपालले एसिया क्षेत्र जित्नु पर्ने हुन्छ ।

जुन पहिलो साता मलेसियामा हुने एसिया क्षेत्र छनोटमा नेपाल, युएई, मलेसिया, कतार, चीन, भुटान, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष स्थानमा रहने टोलीले २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू-१९ टि२० वुमन्स विश्वकप खेल्न पाउनेछ ।

उमेर नपुग्दा नेपालका प्रमुख पाँच खेलाडीले भने एसिया क्षेत्र गुमाउने छन् । आइसिसीको नियममा १५ वर्षभन्दा कमका खेलाडीले सहभागीता जनाउन नपाउने भएपछि ज्योत्स्निका मरासिनीसँगै टिका शाह, सावित्री धामी, प्रतिमा शाह र मनिषा चौधरीले कम उमेरका कारण यू-१९ विश्वकप गुमाउने भएका हुन् ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.