default_image

4 years ago

May 24, 2022

‘इपिएलको प्रेस विज्ञप्ती धम्कीपूर्ण’– क्यान

417 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाईज लिग एभरेष्ट प्रिमियर लिग (इपिएल) को प्रेस विज्ञप्ती धम्कीपूर्ण रहेको बताएको छ ।

इपिएल आयोजक र सहभागी ६ टोलीका प्रतिनिधिले सोमबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै इएिएलले निरन्तरता पाउनुपर्ने माग राखेको थियो । पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा इपिएल आयोजना गर्न नपाए आगामी दिनमा क्रिकेटलाई सहयोग नगर्ने जनाएको थियो ।

क्यानका कार्यवहाक सचिव प्रशान्त विक्रम मल्लले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै इपिएलको भनाई धम्कीपूर्ण रहेको बताएका छन् । विज्ञप्तीमा भनिएको छ, ‘इपिएल सञ्चालकले एक कार्यक्रम आयोजना गरि नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघविरुद्ध धम्कीपूर्ण शैलीमा सार्वजनिक रुपमा प्रेषित विज्ञप्ति प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तीमा अगाडि भनिएको छ, ‘उपरोक्त गैर जिम्मेवार, कपोकल्पित र भ्रामक प्रचारबाजीको संघले खेद प्रकट गर्दछ । यस प्रकारका भ्रामक समाचारप्रति समेत रहन सबै सरोकारवालाहरुलाई संघ हार्दिक अनुरोध गर्दछ ।’

गत साता क्यानले आफै नेपाल टि२० लिग घोषणा गर्दै अव देशमा एकमात्र लिग हुने बताएको थियो । त्यसक्रममा क्यानले आइसिसीले एक देशमा एक लिगमात्र हुने जनाएको थियो । त्यसपछि इपिएल र ६ फ्रेन्चाइज टोलीले सोमबार पत्रकार सम्मेलन गर्दै एपिएलले निरन्तरता पाउनु पर्ने माग राखेका थिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.