default_image

4 years ago

May 29, 2022

आइपिएल उपाधिको लागि राजस्थान र गुजरात भिड्दै

188 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल विश्वको सर्वाधिक ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा साँझ ८ : १५ बाट सुरु हुनेछ ।

राजस्थान दोस्रो पटक र गुजरात सहभागी पहिलो सिजनमै च्याम्पियन बन्ने सोचमा छन् । गुजरातले पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । राजस्थानले दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको थियो ।

भारतीय अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात पहिलो सिजनमै च्याम्पियन बन्न चाहन्छ । राजस्थान २००८ पछि पहिलो उपाधि जित्ने सोचमा हुनेछ । सञ्जु स्यामसनको कप्तानीमा रहेको राजस्थान दोस्रो पटक फाइनलमा पुगेको हो ।

यस सिजनमा राजस्थान र गुजरातबीच दुई खेल भएका छन् । दुबै खेलमा गुजरात विजयी भएको छ । लिगको खेलमा गुजरातले राजस्थानलाई ३७ रनले पराजित गरेको थियो । पहिलो क्वालिफायरमा अन्तिम ६ बलमा १६ रन चाहिँएको अवस्थामा डेविड मिलरले प्रसिद्ध कृष्णलाई लगातार तीन छक्का प्रहार गर्दै फाइनलमा पुर्याएका थिए ।

राजस्थानका जस बटलर, युजभेन्द्र चहल, सञ्जु स्यामसन, ट्रेन्ट बोल्ट म्याच विनर खेलाडी हुन् । बटलरले यस सिजनमा चार शतकसहित ८ सय २४ रन बनाई सकेका छन् । चहलले २६ विकेट लिई सकेका छन् । बटलर आजको खेलमा शतक प्रहार गरे आइपिएलमा एकै सिजनमा सर्वाधिक शतक प्रहार गर्ने पहिलो खेलाडी बन्नेछन् । यसअघि सन् २०१६ मा बेंगलोरबाट विराट कोहलीले एकै सिजनमा ४ शतक प्रहार गरेका थिए ।

राजस्थानलाई च्याम्पियन बन्न बटलरको प्रदर्शन महत्वपूर्ण हुनेछ । बटलर सुरुवाती केहि समय लिँदै म्याच फिनिसर बन्दै अन्तिममा ठूलो योागफल बनाउँदै आएका छन् । बटलरलाई सञ्जु स्यामसन र शिम्रन हेटमायरले राम्रो साथ दिनुपर्छ । बटलर चाँडै आउट हुँदा राजस्थानलाई भने उपाधि जित्न कठिन पर्न सक्छ । युवा ओपनर यशस्वी जैसवाल, देवदत्त पाडिक्कल र रियान पनि नायक बन्नसक्छन् । राजस्थानको यस सिजनमा उत्कृष्ट बलिङ आक्रामण छ ।

तीव्र गतिका बलर ट्रेन्ट बोल्ट, ओबेद म्याकोय र प्रसिद्ध कृष्ण छन् । कृष्ण र म्याकोयले दोस्रो क्वालिफायरमा उच्च प्रदर्शन गर्दै आएका छन् । बोल्टले नयाँ बलका साथ सानदार प्रदर्शन गर्दै आएका छन् । स्पिनर युजभेन्द्र चहल र रविचन्द्रन आश्विनको जोडीको प्रदर्शन अझैं महत्वपूर्ण हुनेछ । चहललाई पर्पल क्याप जित्न आजको खेलमा कम्तिमा एक विकेट लिनुपर्छ । बेंगलोरका हर्षल पटेल र चहलको समान २६ विकेट छ ।

यता गुजरातका ओपनर ऋद्धिमान शाह र शुभमन गिल छन् । टेस्टका लागि परिचित शाहले यस सिजनमा राम्रो प्रदर्शन गरेका छन् । गुजरातको फिनिसिङ लाइनअप राम्रो छ । त्यसैले शीर्ष ब्याटरले राम्रो सुरुवात दिनुपर्छ । म्याथ्यु वेड तेस्रो र हार्दिक पान्ड्या चौथो स्थानमा हुनेछन् । यी दुई ब्याटरको प्रदर्शनले धेरै निर्भर रहनेछ । फिनिसरमा डेविड मिलर, राहुल टेवाटिया र राशिद खान छन् । मिलरले यस सिजनमा लगायतार उच्च प्रदर्शन गर्दै आएका छन् । टेवाटियाले फिनिसरमा राम्रो छाप छाडेका छन् ।

गुजरातको बलिङ आक्रामण पनि बलियो छ । युवा बायाँ हाते तीव्र गतिका बलर मोहसिन खानले नयाँ बलका साथ लगातार विकेट लिँदै आएका छन् । उनलाई मोहम्मद शामीले साथ दिनेछन् । शामी, खान र लोकी फर्गुसन तीव्र गतिका बलर हुन् । राशिद खान, राहुल टेवाटिया र रविश्रीनिवास साई किशोर स्पिनर हुन् । यी दुई टोलीबीच फाइनलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.