default_image

4 years ago

May 29, 2022

गुजरातलाई आइपिएलको उपाधि

311 views

0 Bookmark

एजेन्सी – कप्तान हार्दिक पान्ड्याको अलराउन्ड प्रदर्शनमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को उपाधि जितेको छ । आइतबार फाइनलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातका कप्तान हार्दिक पान्ड्याले ३० बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा आउट भए । शुभमन गिलले ४३ बलमा ३ चौका र १ छक्कासहित ४५ रनमा अविजित रहे । फिनिसर डेविड मिलर १९ बलमा ३ चौका र १ छक्का सहित ३२ रनमा अविजित रहे ।

ओपनर ऋद्धिमान शाह ५ र तेस्रो नम्बरका म्याथ्यु वेड ८ रनमा आउट भए । तर तेस्रो विकेटका लागि गिल र हार्दिकले ५३ बलमा ६३ रनको साझेदारी गर्दै जितको आधार पक्का गराए । स्पिनर युजभेन्द्र चहलले हार्दिकलाई स्लिपमा यशस्वी जैसवालबाट क्याच गराउँदै पर्पल क्याप पक्का गराए । राजस्थानका प्रसिद्ध कृष्ण, ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले १–१ विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । राजस्थानका ओपनर जस बटलरले ३५ बलमा ५ चौकासहित सर्वाधिक ३९ रन बनाए ।

राजस्थानलाई ओपनर यशस्वी जैसवाल र जस बटलरले पहिलो विकेटका लागि ४ ओभरमा ३१ रनको साझेदारी गरेका थिए । जैसवाल यश दयालको बलमा डीप स्क्वायर लेगमा साई किशोरबाट क्याच हुनुअघि १६ बलमा १ चौका र २ छक्कासहित २२ रन बनाए ।

हार्दिक पान्ड्याको नवौं ओभरको दोस्रो बलमा कप्तान सञ्जु स्यामसन एज लागेर थर्डम्यानमा किशोरबाट १४ रनमै आउट भए । सञ्जुको विकेट नै गुजरातको लागि टर्निङ प्वाइन्ट बन्यो । राशिद खानको १२ औं ओभरको पाँचौं बलमा देवदत्त पाडिक्कल १० बल खेल्दै दुई रनमा आउट भए ।

हार्दिकको १३ औं ओभरको पहिलो बलमा जस बटलर आउट साइड एज लागेर ऋद्धिमान शाहबाट क्याच भएपछि राजस्थान समस्यामा परेको थियो । शिम्रन हेटमायर ११, रविचन्द्रन आश्विन ६ र ट्रेन्ट बोल्ट ११ रनमा आउट भए । रियान पराग १५ रनमा आउट भए ।

गुजरातका कप्तान हार्दिक पान्ड्याले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । स्पिनर रविश्रिनिवास साइ किशोरले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । मोहम्मद शामी, राशिद खान र यश दयालले १–१ विकेट लिए । गुजरात शीर्षस्थानमा रहँदै क्वालिफायर खेलेको थियो । क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.