default_image

4 years ago

June 2, 2022

नेपाली अल स्टार्ससँग खेल्दै नेपाल

269 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा आज राती नेपाली अल स्टार्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार राती ९ : १५ मा अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट मैदानमा खेल सुरु हुनेछ ।

नेपालको कप्तान सन्दीप लामिछाने र अल स्टार्सको पृथु बाँस्कोटाले गर्नेछन् । अमेरिकामा बसोबास गर्ने नेपाली पूर्व क्रिकेटरसहित अन्तर्राष्ट्रिय खेलाडी रहनेछन् । अल स्टार्समा नेपालका मध्यक्रमका ब्याटर पृथु बाँस्कोटा, अनुभवी स्पिनर बसन्त रेग्मी, कनिष्क चौगाईं, बरदान चालिसे र न्युजिल्यान्डका विष्फोटक ब्याटिङ अलराउन्डर कोरी एन्डरसन लगायतका खेलाडीहरु छन् ।

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिका र ओमानसँग खेल्न ह्युस्टन पुगेको हो । विश्वकप लिग २ अघि तयारी स्वरुप नेपालले दुई अभ्यास खेल खेल्न लागेको हो । अभ्यास खेल हुँदा नेपाल आफ्नो उत्कृष्ट प्लेइङ ११ लाई नै मैदान उतार्दै तयारी गर्न सक्छ । नेपाल अभ्यास खेलमा जितका साथ मनोबल झनै उच्च बनाउछ । पछिल्लो समय सुधार भएको ब्याटिङले गर्दा टोलीको मनोबल पनि उच्च छ ।

नेपालले ओपरनमा कुशल भुर्तेल र आसिफ शेखलाई निरन्तरता दिने सम्भावना छ । तेस्रो नम्बरमा देव खनाल वा रोहित पौडेल हुनेछन् । तेस्रो नम्बरमा देवलाई खेलाउँदा रोहितले पाँचौं नम्बरमा ब्याटिङ गर्नसक्छन् । चौथो नम्बरमा दीपेन्द्रसिंह ऐरी हुनेछन् । विकेटकिपरमा नेपालले विनोद भण्डारीलाई मैदान उतार्ने छ । नेपालले सोमपाल कामी, करण केसी र किशोर महतोलाई तीव्र गतिका बलर हुनेछन् ।

करण र सोमपाल पहिलो रोजाईका खेलाडी हुन् । तर किशोरले जिम्बावे ए विरुद्ध अघिल्लो महिना पाँच खेल लिँदै सानदार प्रदर्शन गरेका थिए । त्यसैले गर्दा उनलाई मैदान उतार्नेछ । किशोर तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । स्पिनरमा सन्दीप र सागर ढकालको सम्भावना छ ।

कप्तान सन्दीप लामिछानेले अभ्यास खेल खेल्ने अमेरिकाको वातावरणमा खेलाडीलाई झिज्ने राम्रो अवसर रहेको बताएका छन् । नेपाललाई सहज भने हुनेछैन । वसन्त र पृथुलाई नेपाली टोलीको कमजोरी राम्रोसँग थाहा छ । उनीहरु मैदान र वातावरणबारे राम्रोसँग भिजेका छन् । अर्कोतर्फ अमेरिकाबाट क्रिकेट खेल्न लागेका न्युजिल्यान्डका विश्वचर्चित कोरी एन्डरसन घातक बन्नसक्छन् ।

एन्डरसनले न्युजिल्यान्डका ४५ ओडीआई इनिङमा १ शतक र ४ अर्ध शतक सहित कुल ११ सय ९ रन बनाएका छन् । एन्डरसनले सन् २०१४ मा वेस्ट इन्डिविरुद्ध ३६ बलमै शतक प्रहार गरेका थिए । उक्त खेलमा एन्डरसन ४७ बलमा ६ चौका र १४ छक्का सहित १ सय ३१ रनको विश्फोटक इनिङ खेलेका थिए । २४ टि ट्वान्टी आई इनिङमा एन्डरसनले ४ सय ८५ रन बनाएका छन् । टि ट्वान्टी आईमा बंगलादेशविरुद्ध २०१७ मा ४१ बलमा १० छक्का र २ चौका सहित ९४ रनमा अविजित इनिङ खेलेका थिए ।

नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ । खेल अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियमा हुनेछ । नेपालले दोस्रो अभ्यास खेल शनिबार ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्नेछ । बिहीबार नेपाल र नेपाली अल स्टार्सविरुद्ध पेरिरी भ्यू क्रिकेट मैदानमा हुनेछ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।

नेपाली अल स्टार्सको टोली :

पृथु बाँस्कोटा (कप्तान), कोरी एन्डरसन (उपकप्तान), वसन्त रेग्मी, एन्ड्रिज गस, हम्रित सिंह, मोहम्मद इलायस, नितिश कुमार, शड्ली भ्यान शल्कविक, स्मित पटेल, उदय कौल, कनिष्क चौगाईं, गौरभ बजाज, आदिल भाटी, रेहमान डर र विपुल शर्मा ।

अमेरिकामा नेपालको खेल तालिका –

जेठ २६ (जुन ९) – नेपालविरुद्ध ओमान

जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल

जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान

असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल

अपडेट : कोरी एन्डरसनले नेपालविरुद्ध नखेल्ने

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.