default_image

2 years ago

June 2, 2022

अल स्टार्सविरुद्ध यसरी उत्रनेछ नेपाल

सुबास हुमागाईं, ह्युस्टन – आइसीसी विश्वकप लिग २ को तयारीका लागि अमेरिकाको ह्युस्टनमा रहेको नेपाली राष्ट्रिय टोलीले विहीबार नेपाली अल स्टार्ससँग अभ्यास खेल खेल्दैछ । खेल स्थानीय समय विहान १०:३० बजे (नेपालको राती ९:१५ बजे) सुरु हुनेछ । नेपाली टोलीको आइसीसी विश्वकप लिग २ को तयारीका लागि नेपाली अल स्टार्सले विभिन्न संस्थासँग सहकार्य गर्दै एक […]

113 views

0 Bookmark

सुबास हुमागाईं, ह्युस्टन – आइसीसी विश्वकप लिग २ को तयारीका लागि अमेरिकाको ह्युस्टनमा रहेको नेपाली राष्ट्रिय टोलीले विहीबार नेपाली अल स्टार्ससँग अभ्यास खेल खेल्दैछ । खेल स्थानीय समय विहान १०:३० बजे (नेपालको राती ९:१५ बजे) सुरु हुनेछ ।

नेपाली टोलीको आइसीसी विश्वकप लिग २ को तयारीका लागि नेपाली अल स्टार्सले विभिन्न संस्थासँग सहकार्य गर्दै एक साता लामो प्रशिक्षण क्याम्प र दुई मैत्रीपर्ण खेल तय गरेको हो । एनआरएनए-एनसीसी यूएसए कप २०२२ अन्तर्गत विहीबार हुने खेलमा नेपाली अल स्टार्सको बलियो टोलीले नेपालविरुद्ध खेल्नेछ । शनिबार स्थानीय ह्युस्टन हरिकेन्सले खेल्नेछ । दुवै खेल ह्युस्टनकै प्रेर भ्यु क्रिकेट कम्प्लेसको मैदानमा हुनेछ ।

पहिलो खेलका लागि नेपालले पहिलो रोजाइकै खेलाडी उतार्ने देखिन्छ । बुधबारको प्रशिक्षणमा दुई खेलाडी अनुपस्थित रहेपछि ती दुवैले विश्राम पाउने देखिन्छ । स्पिनर सागर ढकाल र तीव्र गतिका बलर किशोर महतो सामान्य समस्याका कारण विश्राममा थिए । दुवै खेलाडी टोलीसँग मैदान भने पुग्नेछन् । त्यस्तै नेपालले ओपनर सुनिल धमला र विकेटकिपर विनोद भण्डारीलाई विश्राम दिने देखिन्छ ।

टोलीले ओपनरमा कुशल भुर्तेल र आसिफ शेखकै जोडीलाई निरन्तरता दिने प्रशिक्षक पुबुदु दासानायकेले प्रष्ट पारिसकेका छन् । उनले तेस्रो नम्बरमा पनि देव खनाल नै खेलाउने निर्णय गरेका छन् । जिम्बावेविरुद्ध सिरिजमा देवलाई विश्राम दिइएको र अब उनी नै पहिलो रोजाइमा रहने पक्का देखिन्छ । चौथो नम्बरमा खेलको अवस्था अनुसार रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले ब्याटिङ गर्नेछन् ।

छैटौं नम्बरमा आरिफ शेख रहेका छन् । सातौं नम्बरमा मोहमद आदील आलमले खेल्नेछन् । आदील र आरिफ खेलको अवस्था अनुसार तल माथि हुने देखिन्छ । टोलीमा फिनिसरको भूमिका पाएका आदीलबाट नेपालले बलिङको पनि अपेक्षा राखेको छ । खेल हुने मुसा क्रिकेट रंगशालामा स्पिनर प्रभावकारी हुने भएकाले पनि नेपालले दुई विशेषज्ञ तीव्र गतिका बलर खेलाएर दुई स्पिनर उतार्नेछ । यस्तोमा आदील र आरिफको पार्ट टाइम पेस बलिङ काम आउने देखिन्छ ।

त्यसपछि करण केसी र सोमपाल कामी ब्याटिङमा आउनेछन् । सन्दीप लामीछाने र सुशन भारीले नेपालको ब्याटिङ लाइनअप पूरा गर्नेछन् । नेपालले दुई विशेषज्ञ स्पिनर र तेस्रो स्पिनरको रुपमा दीपेन्द्रलाई प्रयोग गर्नेछ । आवश्यक पर्दा देव खनालले पनि एन्ड चेन्ज र पार्ट टाइम विकल्पका रुपमा बलिङ गर्न सक्छन् ।

प्रशिक्षक पुबुदु दासानायकेले खेलअघि पत्रकार सम्मेलनमा बोल्दै टोलीमा धेरै प्रयोग गर्न जरुरि नरहेको बताएका छन् । ‘हामी यहाँ प्रयोग गर्न समय खर्चने छैनौं । घरेलु मैदानमा भएको जिम्बावे सिरिजमा हामीले विकल्प प्रयोग गरेर नै यो टोली तयार पारेका हौं,’ उनले भने, ‘अल स्टार्स सन्तुलित टोली हो र हामीले प्रतियोगिताका लागि राम्रो तयारी पाएका छौं । यसको सदुपयोग गरेर हामी खेलको लागि तयार हुन चाहन्छौं ।’

कप्तान सन्दीप लामिछानेले पनि अल स्टार्ससँग खेल्न पाउनु नेपालको लागि राम्रो तयारी हुने बताए । ‘अल स्टार्सजस्तो स्तरीय टोलीविरुद्ध खेल्नु हाम्रो प्रतियोगिता तयारीका लागि एकदम राम्रो पाटो हो । यहाँको वातावरण हाम्रो लागि निकै फरक छ । तर यहाँ खेलिरहेकाको लागि सामान्य नै छ,’ उनले भने, ‘ हामीले व्यावसायिक खेलाडी भएपछि जस्तोसुकै अवस्थामा पनि आफ्नो प्रदर्शन देखाउनु पर्छ । अभ्यास खेलले हामीलाई मुख्य खेलका लागि राम्रो तयारी दिनेछ ।’

अल स्टार्सका प्रशिक्षक लियाम प्लंकेटले राष्ट्रिय टोलीविरुद्ध खेल्न पाउनु आफ्नो टोलीका लागि राम्रो अवसर रहेको बताए । ‘एमएलसीका खेलाडी सम्मिलित गरेर अल स्टार्सले राम्रो टोली तयार गरेको छ । अर्को महिना प्रतियोगिता खेल्ने तयारीमा रहेका खेलाडीका लागि पनि राष्ट्रिय टोलीको विरुद्ध खेल्नु राम्रो अवसर हो,’ उनले भने । प्लंकेटले टोलीमा स्तरीय खेलाडी रहेकाले नेपाललाई कडा चुनाती पेस गर्ने आशा राखेको बताए ।

भारतको यू-१९ टोलीका पूर्व कप्तान उन्मुक्त चन्द पनि पछिल्लो समय अमेरिकामा छन् । उनले नेपालका लागि प्रतियोगिता अघि यो वातावारणमा अभ्यास गर्न पाउनु राम्रो रहेको बताए । ‘नेपालमा खेल्ने वातावरण भन्दा यहाँ निकै भिन्न छ । मुख्य प्रतियोगिताअघि आफूलाई लय समात्न यस्तो खेल महत्त्वपूर्ण हुन्छ । अमेरिकासँग उनीहरुको मैदानमा खेल्नुअघि यो किसिमको तयारीले टोलीलाई राम्रो गर्छ,’ चन्दले थपे । उनले नेपाली टोलीबारे अल स्टार्सलाई पनि राम्रो जानकारी रहेकाले खेल रोमान्चक हुने अपेक्षा गरे ।

नेपाली टोलीबाट लामो समय खेलेका स्पिनर वसन्त रेग्मी विहीबार अल स्टार्सको जर्सीमा देखिनेछन् । उनले नेपाली टोलीविरुद्ध खेल्दा दुवैलाई फाइदा हुने बताउँछन् । ‘म अमेरिकामा भएपनि राष्ट्रिय टोलीको हिस्सा रहेको मान्दछु । मैले यहाँ पनि नियमित व्यावसायिक क्रिकेट खेलिरहेको नै छु । यहाँ खेल्दा मैले पनि टोलीको राम्रो अभ्यास होस् भने खेल्ने हो, यसले मलाई पनि र नेपाली टिमलाई पनि राम्रो गर्छ,’ उनले भने, ‘आज (बुधबार) टिमसँग प्रशिक्षण गर्दा राम्रो लाग्यो । नेपाली टोलीलाई यहाँको वातावरणसँग भिजेर प्रतियोगिता तयारी गर्न राम्रो अवसर छ ।’

वसन्तले आफू नियमित क्रिकेट खेलिरहेको र उमेरले आफ्नो राष्ट्रिय टोली करिअरलाई कुनै असर नपर्ने बताए । ‘म यहाँ पनि नियमित क्रिकेट खेलिरहेको छु । राष्ट्रिय टोलीमा फर्कन मेरो उमेर पुगिसकेको जस्तो मलाइ लाग्दैन,’ उनले भने, ‘हामीले नेपालको बलियो पक्ष थाहा छ भन्दापनि अल स्टार्समा धेरै राम्रा खेलाडी हुनुहुन्छ । नेपाली टोलीलाई राम्रो अभ्यास हुनेछ । यो खेल जित्ने भन्दापनि दुवै टोलीले राम्रो भन्दा राम्रो अभ्यास हुनेछ भन्ने हाम्रो लक्ष्य हो ।’

नेपाली अल स्टार्सका प्रबन्ध निर्देशक संजय शर्माले टोलीको तयारीका लागि सबै पक्षबाट साथ र सहयोग मिलेर नै प्रशिक्षण र अभ्यास खेल सम्भव भएको बताए । उनले नेपाली क्रिकेटलाई माया गर्ने आफ्नो टोलीले निरन्तर प्रयास गरेको र क्यानको सकारात्मक सहयोगले नै यो सम्भव भएको जानकारी दिए । उनले यो अभ्यास खेलले नेपाललाई प्रतियोगितामा सहयोग गर्नुका साथै भविष्यमा अन्य खेलाडीका लागि सम्भावनाको ढोका खोल्न मदत पुग्ने बताए ।

नेपालको सम्भावित ११ : कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, मोहमद आदील आलम, करण केसी, सोमपाल कामी, सन्दीप लामीछाने र सुशन भारी

बेन्च : विनोद भण्डारी, सुनिल धमला, किशोर महतो, सगर ढकाल

नेपाली अल स्टार्स : आन्द्रिस गस (उपकप्तान), उदय कल, नितिश कुमार, पृथु बास्कोटा (कप्तान), मार्टि केन, गौरव बजाज, हिथ रिचार्ड्स, विपुल शर्मा, अदिल भट्टी, हर्मित सिंह, वसन्त रेग्मी, मोहमद इल्यास

यो पनि :

आइपिएल च्याम्पियन शर्माले नेपालविरुद्ध खेल्दै

कोरी एन्डरसनले नेपालविरुद्ध नखेल्ने

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.