default_image

2 years ago

June 2, 2022

नेपालको कमजोर ब्याटिङ सुरुवात

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा नेपाली अल स्टार्ससँग कमजोर ब्याटिङ सुरुवात गरेको छ । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ३२ रन बनाएको छ । नेपालका देव खनाल ३१ बलमा १० रनमा क्रिजमा छन् । उनलाई […]

121 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा नेपाली अल स्टार्ससँग कमजोर ब्याटिङ सुरुवात गरेको छ । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती १० ओभरमा विकेट गुमाउँदै ३२ रन बनाएको छ ।


नेपालका देव खनाल ३१ बलमा १० रनमा क्रिजमा छन् । उनलाई उपकप्तान रोहित पौडेल १६ बलमा १५ रन बनाउँदै आउट भए । नेपालका ओपनर कुशल भुर्तेल र आसिफ दुबै पेभेलिएन फर्केका छन् ।

कुशल तीव्र गतिका बलर मोहम्मद इलायसको पहिलो ओभरको पहिलो बलमै विकेटकिपर एन्ड्रिज गसबाट आउट भए । आसिफ तेस्रो ओभरको तेस्रो बलमा चोटका कारण रिटायर्ट भएका छन् ।

रोहित हम्रित सिंहको आठौं ओभरको चौथो बलमा विकेटकिपरबाट क्याच हुँदा नेपाल ३१-२ को अवस्थामा पुगेको छ ।
नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिका र ओमानसँग खेल्न ह्युस्टन पुगेको हो ।

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान) आसिफ शेख, देव खनाल, रोहित पौडेल, आरिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विनोद भण्डारी र आदिल अन्सारी ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.