default_image

2 years ago

June 2, 2022

नेपालविरुद्ध वसन्तको कसिलो बलिङ

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अनुभवी स्पिनर वसन्त रेग्मीले नेपाली अल स्टार्सबाट पहिलो एकदिवसिय अभ्यास खेलमा नेपालविरुद्ध कसिलो बलिङ गरेका छन् । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९ बनाएको छ । वसन्तले ५ ओभरमा १७ रन […]

266 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अनुभवी स्पिनर वसन्त रेग्मीले नेपाली अल स्टार्सबाट पहिलो एकदिवसिय अभ्यास खेलमा नेपालविरुद्ध कसिलो बलिङ गरेका छन् । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९ बनाएको छ ।


वसन्तले ५ ओभरमा १७ रन खर्चिदै कसिलो बलिङ गरेका छन् । विनोद भण्डारी ४६ बलमा २६ रनमा अविजित छन् । आरिफ शेख ४६ बलमा ३० रनमा खेलेका छन् । पाँचौं विकेटका लागि आरिफ र विनोद भण्डारीले ५१ रनको अर्धशतकीय साझेदारी गर्दै इनिङ अगाडि बढाए ।

ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर मोहम्मद इलायसको पहिलो ओभरको पहिलो बलमै विकेटकिपर एन्ड्रिज गसबाट आउट भए । आसिफ तेस्रो ओभरको तेस्रो बलमा चोटका कारण रिटायर्ट भए ।

रोहित आदिल भाटीको आठौं ओभरको चौथो बलमा विकेटकिपरबाट क्याच हुँदा नेपाल ३१–२ को अवस्थामा पुगेको थियो । सुनिल धमला आदिल भाटीको बलमा ४ रनमा एलबीडब्लू आउट भए ।

देव खनाल स्पिनर हम्रित सिंहको १९ औं ओभरको तेस्रो बलमा एज लागेर फस्ट स्लिपमा आउट भए । देवले ५६ बलमा २ चौका सहित २० रन जोडे ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.