default_image

2 years ago

June 3, 2022

यू–१९ महिला टि२० विश्वकप छनोटमा नेपालले आज कतारसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आजदेखि सुरु हुने आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले आज कतारसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ : १५ मा मलेसियाको युकेएम एसडी क्रिकेट ओभल बांगीमा सुरुहुनेछ । उपाधिको बलियो दाबेदार नेपाल कतारलाई हराउँदै प्रतियोगितामा सानदार विजयी सुरुवात गर्न चाहन्छ । तुलनात्मक रुपमा कतार कमजोर […]

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आजदेखि सुरु हुने आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले आज कतारसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ : १५ मा मलेसियाको युकेएम एसडी क्रिकेट ओभल बांगीमा सुरुहुनेछ ।

उपाधिको बलियो दाबेदार नेपाल कतारलाई हराउँदै प्रतियोगितामा सानदार विजयी सुरुवात गर्न चाहन्छ । तुलनात्मक रुपमा कतार कमजोर मानिन्छ । ६ देश सहभागी प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहन सके आगमी वर्ष दक्षिण अफ्रिकामा हुने टि२० यू–१९ महिला विश्वकप खेल्न पाउनेछ ।

पहिलो पटक हुन लागेको यू-१९ महिला विश्वकपमा पुग्न नेपाललाई थाईल्यान्डसँगको खेल निर्णायक हुने अनुमान गरिएको छ । पछिल्लो समय महिला सियिनर क्रिकेटमा ठूलो फड्को मारेको थाईल्यान्डको महिला टोलीको उमेर समूह पनि मजबुत रहेको अनुमान गरिएको छ । प्रतियोगितामा नेपाल, युएई, मलेसिया, कतार, भुटान, र थाईल्यान्ड छन् ।

कप्तान कृतिका मरासिनी २०१९ मा चीनमा भएको बि एण्ड आर कपमा सर्वोत्कृष्ट बलर हुन् । उनीसँगै तीव्र गतिकी बलर सुस्मिता भुषाल, शीर्षक्रमकी ब्याटर साना प्रविन र सृष्टि जैसी प्रमुख हतियार हुन् ।

नेपाली यू–१९ महिला टोली :

कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), सृष्टी जैसी, मनिषा उपाध्य, मनिषा रानामगर, एलिसा यादव (विकेटकिपर), साना प्रविन, रञ्जु श्रेष्ठ (विकेटकिपर), आस्मा पुलामी मगर, सनु राजवंशी, किरण कुँवर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुषाल ।

नेपालको खेल तालिका

जेठ २० (जुन ३ ) – नेपालविरुद्ध कतार

जेठ २१ (जुन ४ ) – नेपालविरुद्ध युएई

जेठ २३ (जुन ६ ) – नेपालविरुद्ध भुटान

जेठ २४ (जुन ७ ) – नेपालविरुद्ध थाईल्यान्ड

जेठ २५ (जुन ९ ) – नेपालविरुद्ध मलेसिया

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.