default_image

2 years ago

June 3, 2022

कप्तान सन्दीपको सानदार बलिङ

कह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालका कप्तान सन्दीप लामिछानेले नेपाली अल स्टार्सविरुद्ध सानदार बलिङ गरेका छन् । जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको नेपाली अल स्टार्सले १३ ओभरमा ४ विकेट गुमाउँदै ७४ रन बनाएको छ । ओपनर एन्ड्रिज गौस ३३ बलमा ९ चौकासहित ४५ रनमा बोल्ड आउट भए । भारतीय मुलका अनुभवी […]

91 views

0 Bookmark

कह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालका कप्तान सन्दीप लामिछानेले नेपाली अल स्टार्सविरुद्ध सानदार बलिङ गरेका छन् । जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको नेपाली अल स्टार्सले १३ ओभरमा ४ विकेट गुमाउँदै ७४ रन बनाएको छ ।


ओपनर एन्ड्रिज गौस ३३ बलमा ९ चौकासहित ४५ रनमा बोल्ड आउट भए । भारतीय मुलका अनुभवी ओपनर उदय कौल २६ बलमा २ चौकासहित १३ रनमा क्याच आउट भए । पहिलो विकेटका लागि कौल र गौसले ८.४ ओभरमा ५५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए ।

कप्तान सन्दीप लामिछानेको नवौं ओभरको चौथो बलमा ठूलो सट खेल्नेक्रममा कौल देव खनालबाट क्याच आउट भएका थिए ।
११ औं ओभरको पाँचौं बलमा आक्रामक सुरुवात गरेका गौसलाई सन्दीपले बोल्ड गर्दै नेपाललाई खेलमा फर्किने संकेत देखाए । लगत्तै अर्को बलमा पृथु बाँस्कोटालाई सन्दीपले विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदै गोल्डेन डक पेभेलिएन फर्काए ।

सन्दीपले नितिश कुमारलाई ९ रनमा एलबीडब्लू आउट गर्दै उत्कृष्ट पूनरागमन गराएका छन् । सन्दीपले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएका छन् ।
त्यसअघि अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४५.५ ओभरमा १ सय ९० रनमा अल आउट भएको थियो ।

नेपालका आरिफ शेखले ७४ बलमा ५ चौकासहित ६४ रनमा अविजित रहे । आरिफले ६६ बलमा अर्धशतक पूरा गरेका थिए । करण केसीले १७ बलमा २ छक्का र १ चौकासहित कुल २१ रन जोडे ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.