default_image

2 years ago

June 3, 2022

नेदरल्यान्ड्समाथि वेस्टइन्डिजको उत्कृष्ट पूनरागमन जित

एजेन्सी – मध्यक्रमका ब्याटर ब्रेन्डन किंगको उत्कृष्ट ब्याटिङमा वेस्टइन्डिजले दोस्रो ओडिआई खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको छ । योसँगै आइसिसी विश्वकप सुपर लिगको तीन ओडिआई खेलको सिरिज भ्रमण टोली वेस्टइन्डिजले एक खेल अगावै २–० ले जितेको छ । जितको लागि २ सय १५ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ४५.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा […]

128 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर ब्रेन्डन किंगको उत्कृष्ट ब्याटिङमा वेस्टइन्डिजले दोस्रो ओडिआई खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको छ । योसँगै आइसिसी विश्वकप सुपर लिगको तीन ओडिआई खेलको सिरिज भ्रमण टोली वेस्टइन्डिजले एक खेल अगावै २–० ले जितेको छ ।

जितको लागि २ सय १५ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ४५.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजको जितमा किंगले ९० बलमा ९ चौका र ३ छक्कासहित ९१ रनको अविजित इनिङ खेले ।

केसी कार्टी ६६ बलमा २ चौका र १ छक्कासहित ४३ रनमा अविजित रहे । एक समय ९९–५ को खराब अवस्थामा पुगेको वेस्टइन्डिजलाई किंगर र कार्टीले छैटौं विकेटका लागि १ सय १८ रनको अविजित शतकीय साझेदारीका साथ जित पक्का गराए । ओपनर शाई होप १८, नक्रुमाह बोनर १५ र निकोलस पुरन १० रनमा आउट भए । नेदरल्यान्ड्सका बास डी लिडेले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्स ४८.३ ओभरमा २ सय १४ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका स्कर्ट एडवार्ड्सले ८९ बलमा १ चौकासहित सर्वाधिक ६८ रन बनाए । म्याक्स ओडाउडले ७८ बलमा ३ चौका र १ छक्कासहित ५१ रनमा आउट भए । विक्रमजित सिंहले ५८ बलमा ५ चौका र १ छक्कासहित ४६ रनमा आउट भए ।

नेदरल्यान्ड्सले बलिङ र ब्याटिङ दुबैमा सानदार सुरुवात गरेपनि त्यसलाई निरन्तरता दिन नसक्दा वेस्टइन्डिजलाई स्तब्ध पार्नबाट चुकेको हो । ओपनर विक्रमजित र म्याक्स ओडाउडले पहिलो विकेटका लागि २०.३ ओभरमा १ सय १ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै विशाल योगफलको सम्भावना देखाएका थिए । तर शीर्ष तीन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

वेस्टइन्डिजका अकिल हुसैनले १० ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए । अल्जारी जोशेफले २ विकेट लिए । पहिलो खेलमा वेस्टइन्डिज ७ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.