4 years ago
June 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा दुई सातापछि हुने एसिसी वुमन्स टि२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको लागि १९ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । मलेसियामा जुन १७ देखि सुरु हुने प्रतियोगिताको लागि नेपालले १९ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो ।

लामो समय समयपछि नेपालले तीव्र गतिकी बलर रेखा रावललाई प्रशिक्षणमा बोलाएको छ । नेपाल एपिएफबाट घरेलु क्रिकेट खेल्ने रेखाले लगातार उच्च प्रदर्शन गर्दै आएकी छिन् । ईश्वरी विष्ट र ममता चौधरीलाई पनि प्रशिक्षणमा बोलाएको छ ।
पहिलो पटक प्रशिक्षणमा परेकी मनिषाले गण्डकी प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गर्दछिन् । चैतमा गण्डकीले यू–१९ राष्ट्रिय प्रतियोगिता जित्दा उनी टोलीको कप्तान थिइन् । एसिसी वुमन्स टि२० च्याम्पियनसिपमा नेपाल समूह बी मा छ । नेपालसँगै हङकङ, कुवेत, भुटान र बहराईन छन् ।
समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । केहि साताअघि सिनियर टोलीबाट युगान्डाविरुद्ध डेब्यू गर्दै सानदार प्रदर्शन गरेकी हिरन्मई राय भने टोलीमा छैनिन् ।

बन्द प्रशिक्षणमा बोलाएको नेपालको टोली :
रुविना क्षेत्री, इन्दु बर्मा, सीता रानामगर, ज्योति पाण्डे, काजोल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डली भट्ट, सबनम राई, सरिता मगर, रोमा थापा, संगिता राई, अश्मिना कर्माचार्य, मनिषा उपाध्य, विन्दु रावल, ममता चौधरी, रेखा रावल र ईश्वरी विष्ट ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]