default_image

4 years ago

June 5, 2022

रोहितको शतक र सोमपालको उत्कृष्ट बलिङमा नेपाल विजयी

260 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – कार्यवाहक कप्तान रोहित पौडेललको शतक र सोमपाल कामीको उत्कृष्ट बलिङमा नेपालले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ मा ओमान र अमेरिकासँग खेल्ने त्रिकोणात्मक ओडिआई सिरिज अघि दुई अभ्यास खेल खेलेको हो ।

जितको लागि २ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको हरिकेन्स ४३.३ ओभरमा २ सय २१ अल आउट भयो । हरिकेन्सका निनाद निम्बालकरले ८१ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ९९ रनको योगदान दिए । निनाद सोमपाल कामीको अन्तिम विकेटका रुपमा बोल्ड हुँदै शतक बनाउन एक रनले चुके ।

तीव्र गतिका बलर करण केसीले सातौं ओभरको पहिलो बलमा मुनिब चौधरीलाई रोहित पौडेलबाट पाँच रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । सोमपाल कामीले ओपनर एन्ड्रिस गौसलाई २८ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाए । गौसले २९ बलमा ६ चौका प्रहार गरे ।

१५ औं ओभरको अन्तिम बलमा स्पिनर सागर ढकालले नितिश कुमारलाई १० रनमा क्याच गराउँदै दबाब बढाए । किशोर महतोले रमिज राजालाई २२ रनमा विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदा हरिकेन्स १५.५ ओभरमा ७४(४ को कमजोर अवस्थामा पुगेको थियो ।

त्यसपछि सोमपालले तीन विकेट लिएका थिए । सोमपालले मार्टिन कैनलाई तीन रन, सक्लान हैदरलाई पाँच रन र गौरभ बजाजलाई १५ रनमा क्याच गराउँदै जित नजिक पुर्याएका थिए । तर निनादले अन्तिम सम्म हरिकेन्सलाई जितको आशा जगाई रहेका थिए ।

नेपालका सोमपाल कामीले ८.३ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए । किशोर महतोले १० ओभरमा ५१ रन खर्चेर २ विकेट लिए । सागर ढकालले ८ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा टसमा हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४९.१ ओभरमा २ सय ५० रनमा अल आउट भएको थियो । नेपालका रोहितले ९० बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक १ सय १ रनको शतकीय इनिङ खेले । ८९ बलमा शतक प्रहार गरेका रोहित ३९ औं ओभरको दोस्रो बलमा रन आउट भए ।

आरिफ शेख र रोहित पौडेलले पाँचौं विकेटका लागि १ सय ८ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए । आरिफ ६३ बलमा ३ चौकासहित ४१ रनमा आउट भए । नेपालको सुरुवात भने राम्रो रहन सकेन । ओपनर कुशल भर्तुेल तीव्र गतिका बलर हसन राशिदको दोस्रो ओभरको चौथो बलमा रमिज राजा जेआरबाट क्याच भए ।

सुनिल धमला मोहम्मद इलायसको नवौं ओभरको तेस्रो बलमा धमला एज लागेर विकेटकिपर उस्मान राफिकबाट १३ रनमा क्याच भए । यसै ओभरको अन्तिम बलमा कभर डाइभ सट खेल्न खोजेका देव खनाल फस्ट स्लिपमा राजाबाट १९ रनमा क्याच भए । ३१ बल खेलेका देवले ४ चौका प्रहार गरे ।

चौथो विकेटका लागि रोहित र दीपेन्द्रसिंह ऐरीले ६० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । दीपेन्द्र स्पिनर हरमित सिंहको बलमा विकेटकिपर उस्मान वाफिकबाट २४ रनमा क्याच आउट भए । दीपेन्द्रले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

विनोद भण्डारी १३ बल खेल्दै ४, सुशान भारी ५ र करण केसी १२ रनमा आउट भए । हरिकेन्सका मोहम्मद इलियासले १० ओभरमा ६४ रन खर्चेर ५ विकेट लिए । हरमित सिंहले १० ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए । नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको थियो ।

नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ । खेल अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियमा हुनेछ । 

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।

अमेरिकामा नेपालको खेल तालिका –

जेठ २६ (जुन ९) – नेपालविरुद्ध ओमान

जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल

जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान

असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.