default_image

2 years ago

June 6, 2022

नेपाललाई भुटानको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – भुटानले आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा नेपाललाई ६७ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६६ रन बनायो । भुटानकी कप्तान न्वागन चोडेन र सांगे ए वाङ्मोले सर्वाधिक ११–११ रन बनाए । भुटानलाई ओपनर […]

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भुटानले आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा नेपाललाई ६७ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६६ रन बनायो ।


भुटानकी कप्तान न्वागन चोडेन र सांगे ए वाङ्मोले सर्वाधिक ११–११ रन बनाए । भुटानलाई ओपनर सोनम र चोडेनले ४.१ ओभरमा २० रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए ।

स्पिनर मनिषा कुमारी उपाध्यले चोडेनलाई बोल्ड गरेपछि भुटानले लगातार विकेट गुमाएको थियो । उनले १४ बलमा २ चौका प्रहार गरिन् । सोनम मनिषाको बलमा बोल्ड हुनुअघि २६ बलमा ५ रन जोडिन् । चाडो ओम ६, एभा सोमसेल योङजम ७, नोर्बु २ र पेमा याङचाङ ९ रनमा आउट भइन् । भुटानका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालकी मनिषा कुमारी उपाध्यले ४ ओभरमा २ मेडनसहित ३ रन खर्चेर २ विकेट लिइन् । कप्तान कृतिका मरासिनीले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । अनु कडायतले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । स्नेहा महराले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिइन् ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो । जसक्रममा नेपाल ८ रनमा अल आउट भएको थियो ।

May 1, 2024

नेपालको टि२० विश्वकप टोली : ११ पक्का, बेन्च बलियो बनाउन दुविधा

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी मेन्स टि२० विश्वकपका लागि बुधबार अन्तिम टोली घोषणा गर्दैछ । वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी सिरिजको तेस्रो खेलपछि नेपालले विश्वकप खेल्ने १५ सदस्यीय टोली सार्वजनिक गर्नेछ । विश्वकपका लागि नेपालले केहि महिनायता लगातार सिरिज र प्रशिक्षण क्याम्प राखेको छ । यसका लागि नेपाल सरकारले ५ करोड रुपैयाँ […]

May 1, 2024

नेपाल र वेस्ट इन्डिज ‘ए’ को तेस्रो खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टि२० सिरिजको तेस्रो खेल आज खेल्दैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२:१५ बजे सुरु हुनेछ । सिरिज हाल १-१ को बराबरीमा छ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल […]

April 30, 2024

मुम्बईविरुद्ध लखनऊको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लखनऊले मुम्बई इंडियन्स माथि ४ विकेटको जित दर्ता गरेको हो । मुम्बईले दिएको १ सय ४५ रनको लक्ष्य लखनऊले १९.२ ओभरमा ६ विकेट गुमाएर भेटायो । अन्तिम तिर लखनऊका लागि केही कठिन देखिएको खेलमा मुम्बईले राम्रो […]

Success

Thank you for your time.