default_image

2 years ago

June 9, 2022

दक्षिण अफ्रिकालाई भारतको विशाल लक्ष्य

एजेन्सी – भारतले पहिलो टि२० आई खेलमा दक्षिण अफ्रिकालाई २ सय १२ रनको विशाल लक्ष्य दिएको छ । अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनायो । भारतका ओपनर ईशान किशनले ४८ बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक ७६ रनको योगदान […]

68 views

0 Bookmark

एजेन्सी – भारतले पहिलो टि२० आई खेलमा दक्षिण अफ्रिकालाई २ सय १२ रनको विशाल लक्ष्य दिएको छ । अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनायो ।


भारतका ओपनर ईशान किशनले ४८ बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक ७६ रनको योगदान दिए । हार्दिक पान्ड्याले आक्रामक अन्त्य गर्दै १२ बलमा २ चौका र ३ छक्कासहित ३१ रनमा अविजित रहे ।

ओपनर ऋतुराज गाकवाड १५ बलमा ३ छक्कासहित २३ रनमा आउट भएका थिए । श्रेयस ऐरले २७ बलमा १ चौका र ३ छक्कासहित ३६ रन बनाए । कप्तान ऋषभ पन्त १६ बलमा २ चौका र २ छक्कासहित २९ रनमा आउट भए । दीनेश कार्तिक २ रनमा अविजित रहे ।

दक्षिण अफ्रिका केशव महाराज, एनरिच नोर्किया, ड्वेन प्रोटिरियोस र वेन पार्नेलले १–१ विकेट लिए । भारत र दक्षिण अफ्रिकाबीच पाँच टि२० आई सिरिज हुनेछ ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.