default_image

2 years ago

June 9, 2022

करणले दिलाए नेपाललाई प्रमुख विकेट

ह्युस्टन (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ मा ओमानको प्रमुख विकेट लिएको छ । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले ७ ओभरमा २ विकेट गुमाउँदै ३१ रन बनाएको छ । ओमानका शोएब खान २९ बलमा २ चौकासहित १८ रन र जिशान मकसुद १ रनमा अविजित छन् । तीव्र गतिका […]

89 views

0 Bookmark

ह्युस्टन (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ मा ओमानको प्रमुख विकेट लिएको छ । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले ७ ओभरमा २ विकेट गुमाउँदै ३१ रन बनाएको छ । ओमानका शोएब खान २९ बलमा २ चौकासहित १८ रन र जिशान मकसुद १ रनमा अविजित छन् ।

तीव्र गतिका बलर करण केसीले ओपनर कश्याप प्रजापतिलाई एलबीडब्लू आउट गर्दै इनिङको पहिलो बलमै नेपाललाई सफलता दिलाएका थिए ।

करणले नै ओमानका प्रमुख ब्याटर जतिन्दर सिंहलाई ११ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई प्रमुख सफलता दिलाएका हुन् । जतिन्दर ओमानका प्रमुख ब्याटर हुन् । उनी क्रिजमा टिक्नु नेपालको लागि घातक सावित हुन सक्थ्यो ।

नेपाल १२ खेलमा ६ मा जित र ६ मा हारका साथ छैटौं स्थानमा छ । ओमान ३२ खेलमा १९ मा जित र १२ मा हारका साथ शीर्षस्थानमा छ । नेपाललाई शीर्ष तीन स्थानमा रहँदै आगमी वर्ष हुने एकदिवसिय विश्वकप छनोट खेल्न जित्नै पर्ने दबाब छ ।

नेपाल र ओमानबीच ओडिआईमा चार खेल भएको छ । जसमा ओमान तीन र नेपाल एक खेलमा विजयी भएका छन् ।

सुवास खकुरेल, सुनिल धमला, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र सुशान भारी ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.