default_image

2 years ago

June 11, 2022

नेपालले घरेलु टोली अमेरिकासँग खेल्दै

119 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली अमेरिकासँग खेल्दैछ । खेल बेलुका ९ : १५ मा ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा सुरुहुनेछ ।

यस त्रिकोणात्मक सिरिजमा नेपाल पहिलो र अमेरिका लगातार दोस्रो जितको सोचमा छ । अमेरिकाले ओमानलाई ३ सय २३ रन प्रहार गर्दै १ सय १४ रनको सानदार जित हात पारेको थियो । त्यसैले अमेरिकाको मनोबल उच्च छ । ओमानले प्रस्तुत गरेको २ सय १२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाल १ सय ९८ रनमा अल आउट भएको थियो ।

नेपाल गल्ती सुधारका साथ मैदान उत्रन चाहन्छ । ब्याटिङमा जिम्मेवारी र सुधार विना भने नेपाललाई जित निकाल्न कठिन देखिन्छ । ओमानविरुद्ध नेपालका करण केसीले पाँच विकेट लिएका थिए । नेपाली ब्याटरलाई जिम्मेवारीका साथ इनिङ खेल्न आवश्यक देखिन्छ । ओपनर सुवास खकुरेललाई नेपालले आजको खेलमा बेन्चमा राख्ने सम्भावना छ ।

ग्रोइन चोटका कारण पहिलो खेल गुमाएका ओपनर कुशल भुर्तेल अमेरिका उपलब्ध हुने सम्भावना छ । उनी उपलब्ध हुँदा ब्याटिङ भने मजबुत हुनेछ । अर्का ओपनर सुनिल धमलालाई नेपालले निरन्तरता दिनसक्छ । तर धमलाले आफ्नो स्ट्राइक रेट र टोलीको स्कोर बोर्डमा भने ध्यान दिनुपर्ने हुन्छ ।


ओडिआईमा डेब्यू गर्दैै धमलाले ३८ बलमा १२ रन जोडेका थिए । देव खनाल, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले तेस्रो, चौथो र पाँचौं नम्बरका ब्याटर हुन् । यी तीन ब्याटरको प्रदर्शन धेरै महत्वपूर्ण हुनेछ । नेपालका प्रमुख दुई ब्याटर दीपेन्द्र र रोहितको उच्च प्रदर्शन बिना जित भने कठिन देखिन्छ । ओमानसँग रोहित २० र दीपेन्द्र १६ रनमा आउट भएका थिए ।

ओमानलाई हराउन कप्तान मोनांक पटेलले १ सय ३० रनको सानदार शतकीय इनिङ खेलेका थिए । भारतीय मुलका मोनांक उच्च लयमा छन् । त्यस्तै ओमानविरुद्ध सुशान्त मोदानीले पनि शतक प्रहार गरेका थिए । अमेरिका शीर्षक्रमका तीन ब्याटरमा धेरै निर्भर रहनेछ । स्टिभ टेलर, मोनांक र सुशान्त प्रमुख हतियार हुन् । यी तीन ब्याटर क्रिजमा टिक्नु नेपालको लागि घातक सावित हुनसक्छ । आरोन जोन्स र गजानन्द सिंह मध्यक्रमका ब्याटर हुन् ।

ओमानविरुद्ध अली खानले पाँच विकेट लिएका थिए । विश्व फ्रेन्चाइज क्रिकेट लगातार खेल्दै आएका अली खान योर्करको लागि चिनिन्छन् । अली खानको प्रदर्शन महत्वपूर्ण हुनेछ । १९ वर्षीय लेग स्पिनर यासिर मोहम्मद पनि घातक बन्नसक्ने बलर हुन् । अमेरिकाले पहिलो खेलमा सानदार प्रदर्शन गरेको हुँदा टोलीमा परिवर्तनको सम्भावना कम छ ।

हेड टु हेड :
नेपाल र अमेरिकाबीच चार ओडिआई खेल भएको छ । नेपाल तीन र अमेरिका एक खेलमा विजयी भएका छन् । दुई वर्षअघि घरेलु मैदानमा नेपालले अमेरिकालाई ३५ रनमा अल आउट गरेको थियो । अमेरिका घरेलु मैदानमा त्यसको बदला लिन चाहन्छ ।

लाइभ : खेल फ्यान कोर्डको युटुब र आइसिसी टिभीमा हेर्न सकिनेछ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, सुवास खकुरेल, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।

अमेरिकामा नेपालको खेल तालिका

जेठ २६ (जुन ९) – नेपालविरुद्ध ओमान, नेपाल १३ रनले पराजित

जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल

जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान

असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.