default_image

2 years ago

June 11, 2022

नेपालको सम्भावित प्लेइङ ११

82 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली अमेरिकासँग खेल्दैछ । खेल बेलुका ९ : १५ मा ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा सुरुहुनेछ ।

यस त्रिकोणात्मक सिरिजमा नेपाल पहिलो र अमेरिका लगातार दोस्रो जितको सोचमा छ । अमेरिकाले ओमानलाई ३ सय २३ रन प्रहार गर्दै १ सय १४ रनको सानदार जित हात पारेको थियो । ओमानले प्रस्तुत गरेको २ सय १२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाल १ सय ९८ रनमा अल आउट भएको थियो ।

पछिल्लो खेलमा नेपाल १३ रनले पराजित भएको हुँदा आज टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ । प्रमुख खेलाडी घाइते हुँदा टोलीमा परिवर्तन नगर्ने सम्भावना पनि देखिन्छ । ओपनर सुवास खकुरेल ३ र सुनिल धमला १२ रनमा आउट भएका थिए । धमला उक्त रन बनाउन ३८ बल खेलेका थिए । आजको खेलमा कुशल भुर्तेल फिट भएमा सुवासलाई नेपालले बेन्चमा राख्ने सम्भावना छ ।

तर कुशल फिट नहुँदा भने सुवासलाई नै निरन्तरता दिनेछ । धमलालाई भने नेपालले निरन्तरता दिनेछ । किनभने धमलाले एकतर्फबाट विकेट जानबाट बचाउँदै अर्को ब्याटरलाई सहज वातावरण बनाउन सक्छन् । तर धमलाले स्कोरबोर्ड र आफ्नो स्ट्राइक रेटमा भने ध्यान दिनुपर्छ ।

नेपालको तेस्रो नम्बरमा देव खनाल, चौथो नम्बरमा दीपेन्द्रसिंह ऐरी र पाँचौं नम्बरमा रोहित पौडेललाई मैदान उतार्नेछ । यी तीन ब्याटरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । पछिल्लो खेलमा देव खनालले ५३ बलमा ५ चौकासहित ३४ रन जोडेका थिए । देव ठूलो इनिङको सम्भावना राख्छन् । रोहित र दीपेन्द्र नेपालका प्रमुख ब्याटर हुन् । यी तीन ब्याटरले तल्लोक्रम र फिनिसरलाई विना दबाब खेल्ने वातावरण बनाइदिनु पर्छ ।

छैटौं नम्बरमा आरिफ शेखले निरन्तरता पाउनेछन् । आरिफले पछिल्लो खेलमा सर्वाधिक ६६ रन बनाएका थिए । पछिल्लो खेलमा ४६ बलमा १४ रन बनाएका विकेटकिपर विनोद भण्डारीलाई नै नेपालले निरन्तरता दिने सम्भावना छ । सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने पहिलो रोजाईका बलर हुन् । करणले ओमानविरुद्ध पाँच विकेट लिएको हुँदा उच्च मनोबल हुनेछ ।

स्पिनर सुशान भारी विकल्पमा आदिल अन्सारी र किशोर महतो हुनेछन् । आदिललाई खेलाउँदा एक बलरको अभाव हुने देखिन्छ । आदिल विष्फोटक ब्याटर हुन् । तर आदिललाई खेलाउँदा नेपालसँग तीन प्रमुख बलर हुनेछन् । अर्कोतर्फ आदिल ओमानविरुद्ध अन्तिम १४ को लिष्टमै थिएनन् । जसले गर्दा उनलाई मौका दिने सम्भावना देखिदैन ।

नेपालले किशोरलाई खेलाउदा स्पिन आक्रमण कमजोर हुन जान्छ । अमेरिकाविरुद्ध भारीको रेकर्ड पनि राम्रो छ । त्यसैले भारीलाई नै निरन्तरता दिने सम्भावना छ । ओमानविरुद्ध बायाँ हाते खेलाडीको कारण चार ओभर मात्र गराएको थियो । अमेरिका स्टिभ टेलर बायाँ हाते खेलाडी हुँदा मध्यक्रमको लागि भारीलाई प्रयोग गर्नसक्छ ।


नेपालको सम्भावित प्लेइङ ११ :

सुवास खकुरेल/कुशल भुर्तेल, सुनिल धमला, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र सुशान भारी ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.