default_image

2 years ago

June 11, 2022

नेपालले टस जित्यो, टोलीमा तीन परिवर्तन

113 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । विकेटकिपर विनोद भण्डारी, सुवास खकुरेल र सुनिल धमला बेन्चमा रहेका छन् । नेपालका पहिलो रोजाईका आसिफ शेख, कुशल भुर्तेल र आदिल अन्सारीलाई मौका दिएका छन् । आदिल अन्सारीको यो ओडिआईमा डेब्यू खेल हो । टि२० आईमा विष्फोटक क्षमता राख्ने आदिललाई नेपालले फिनिसरमा खेलाउने छ ।


यस त्रिकोणात्मक सिरिजमा नेपाल पहिलो र अमेरिका लगातार दोस्रो जितको सोचमा छ । अमेरिकाले ओमानलाई ३ सय २३ रन प्रहार गर्दै १ सय १४ रनको सानदार जित हात पारेको थियो । त्यसैले अमेरिकाको मनोबल उच्च छ । ओमानले प्रस्तुत गरेको २ सय १२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाल १ सय ९८ रनमा अल आउट भएको थियो ।

हेड टु हेड :
नेपाल र अमेरिकाबीच चार ओडिआई खेल भएको छ । नेपाल तीन र अमेरिका एक खेलमा विजयी भएका छन् । दुई वर्षअघि घरेलु मैदानमा नेपालले अमेरिकालाई ३५ रनमा अल आउट गरेको थियो । अमेरिका घरेलु मैदानमा त्यसको बदला लिन चाहन्छ ।

नेपालको प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र सुशान भारी ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.