4 years ago
June 12, 2022
एजेन्सी – विकेटकिपर हेनरिक क्लासेनको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिकाले दोस्रो टि२० आई खेलमा भारतलाई ४ विकेटले पराजित गरेको छ । लगातार दुई जितसँगै पाँच टि२० आई सिरिजमा दक्षिण अफ्रिकाले २-० को अग्रता लिएको छ ।

जितको लागि १ सय ४९ रनको मध्यम लक्ष्य दक्षिण अफ्रिकाले १८.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिका जितमा हेनरिक क्लासेनले ४६ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८१ रनको उत्कृष्ट इनिङ खेले । क्लासेनको यो टि२० आई करिअरको उत्कृष्ट प्रदर्शन हो ।
डेविड मिलर १५ बलमा १ चौका र १ छक्कासहित २० रनमा अविजित रहे । एक समय २९-३ को कमजोर सुरुवात गरेको दक्षिण अफ्रिकालाई कप्तान टेम्बा बभुमा र क्लासेनले ४१ बलमा ६४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । बभुमा ३० बलमा ४ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । रास्सी भान डर डुसेन १, रिजा हेन्ड्रिक्स र ड्वेन प्रिटोरियसले ४-४ रन बनाए ।

भारतका भुवनेश्वर कुमारले ४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए । हर्षल पटेलको नाममा १ विकेट रह्यो ।
त्यसअघि बारबाती स्टेडियम कटकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो । भारतका श्रेयस ऐरले ३५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४० रनको योगदान दिए । दीनेश कार्तिक २१ बलमा २ चौका र २ छक्कासहित ३० रनमा अविजित रहे । हर्षल पटेल ९ बलमा २ चौकासहित १२ रनमा अविजित रहे ।
सातौं विकेटका लागि कार्तिक र पटेलले १८ बलमा ३६ रनको अविजित साझेदारी गरेका थिए । ओपनर ईशान किशनले २१ बलमा २ चौका र ३ छक्कासहित ३४ रन जोडे । दोस्रो विकेटका लागि किशन र ऐरले ३५ बलमा ४५ रनको साझेदारी गरेका थिए । पहिलो ओभरको पाँचौं बलमा कागिसो रबाडाले ओपनर ऋतुराज गायकवाडलाई केशव महाराजबाट एक रनमा क्याच गराएका थिए ।

एनरिच नोर्कियाको सातौं ओभरको चौथो बलमा डीप स्क्वायर लेगमा रास्सी भान डर डुसेनबाट क्याच गराउँदै किशनलाई पेभेलिएन फर्काए । कप्तान ऋषभ पन्त महाराजको बलमा डीप प्वान्टमा पाँच रनमा रास्सी भान डुसेनबाट क्याच भएपछि भारत समस्यामा परेको थियो । दक्षिण अफ्रिका एनरिच नोर्कियाले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।
पहिलो टि२० खेलमा भारतलाई दक्षिण अफ्रिकाले ७ विकेटले हराएको थियो । जसक्रममा दक्षिण अफ्रिकाले २ सय १२ रनको विशाल लक्ष्य १९.१ ओभरमा पूरा गरेको थियो । तेस्रो खेल मंगलबार विशाखापट्टनमा हुनेछ । चौथो खेल शुक्रबार राजकोट र पाँचौ तथा अन्तिम खेल आइतबार बेंगलोरमा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]