4 years ago
June 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटाले शुक्रबारदेखि मलेसियामा हुने एसिसी महिला टि२० च्याम्पियनसिपमा च्याम्पियन हुँदै एसिया कपको लागि छनोट हुने लक्ष्य बताएका छन् । टियु मैदानमा अभ्यासमा ब्यस्त टमटाले नेपालको लक्ष्य बताएका हुन् ।

‘युगान्डाको सिरिजपछि हामीले अभ्यासमा निरन्तरनै गर्यौ । मौसमको समयमा अभ्यास हुँदा चुनौतीपूर्ण पनि छ । हामीले हरेक अभ्यास गरेका छौं । मिहिनेत गरि रहेका छौं’, टमाटाले भने ।
‘अघिल्लो महिना नेपाली महिला क्रिकेटले युगान्डासँग पाँच महिला टि२० आई सिरिज खेल्दा खेलाडीको फिटनेश र फिल्डिङ भने धेरै कमजोर रहेको थियो । अहिले त्यसमा काम गरि रहेको टमाटा बताउँछन् ।
‘फिटनेशमा हामीले धेरै काम गरेका छौं । भाग्यले ट्रेनर पनि हामीसँग भएकाले फिटनेश र फिल्डिङमा काम गरेका छौं । हामीले धेरै समय फिटनेश र फिल्डिङमा काम गरेका छौं । युगान्डाको भन्दा राम्रो छ’, उनले भने ।

युगान्डासँगको सिरिजमा नेपालको ब्याटिङ पनि कमजोर थियो । टमटा टोली सन्तुलनमा रहेको बताउँछन् । ‘स्पिनर हाम्रो सन्तुलनमा छ । तीव्र गतिका बलरमा थोरै काम गर्न छ । ब्याटरले पनि राम्रो गरेको छ । हामीले सबै काम गरेका छौं । मलेसियाको किनरारा र युकेको विकेटमा कसरी गर्नेमा काम गरेका छौं’, उनले भने । त्यसैमा थपे, ‘नेपालको लक्ष्य च्याम्पियनका साथ एसिया कपको लागि छनोट हुने हो ।’
‘हामीले सबै खेल जित्ने नै हो । समूहमा शीर्षस्थानमा रहेपछि हामीलाई पनि सहज हुन्छ । प्रयास छनोट हुने हो’, उनले भने । नेपालले युगान्डासँगको सिरिजमा पावर प्लेमा निकै सुस्त सुरुवात गरेको थियो । टि२० क्रिकेटमा पावर प्लेको प्रदर्शन निकै महत्वपूर्ण हुन्छ । त्यो समय सर्वाधिक आक्रामक ब्याटिङ गर्नुपर्ने हुन्छ । युगान्डासँगको ब्याटिङक्रमले भने आक्रामक ब्याटिङ कठिन नै देखिन्छ । यो अवस्थामा नेपालले आफ्नो ब्याटिङ लाइनमा केहि परिवर्तनको आवश्यक पनि देखिन्छ ।

मुख्य प्रशिक्षक टमाटा केहि फरक पाउने बताउँछन् । ‘पावर प्लेमा महिला क्रिकेटमा ३०–३५ रन भन्दा तलनै आएको थियो । विपक्षीलाई हेर्दा पनि २५–३० रन भन्दा हानेको एसोसियट क्रिकेटमा कहि देखेको छैन । हामीले अभ्यासमा पावर प्लेमा कसरी खेल्ने भनेर काम गरि राखेका छौं । एउटा योजना छ । उनीहरुले त्यो खेल्न पनि सकि रहेको छ’, टमाटाले पावर प्ले बारे भने ।
ब्याटिङक्रम परिवर्तन गर्ने वा नगर्ने मैदानको अवस्था हेरेर हुने बताए । पछिल्लो दुई वर्षमा टियुको पिच ब्याटिङ गर्न धेरै सहयोग पुग्ने देखिन्छ । तर महिला टोलीले युगान्डासँग एक सय रनमै संघर्ष गरेको थियो । मलेसियामा ब्याटिङमा झन् धेरै संघर्ष गर्नसक्छ ।
‘मलेसियाको युनिसिटीको ग्राउन्ड अलिकति स्वलो हुँदा सजिलो छैन । हामीले कसरी खेल्ने भनेर योजना गर्न पर्यो । किनरारामा रन बन्छ । त्यसै अनुसार खेल्नु पर्यो’, पिचबारे भने ।

एसिसी वुमन्स टि२० च्याम्पियनसिप आगमी शुक्रबार देखि मलेसियामा सुरु हुँदैछ । नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन समूह बी मा छन् । समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् । नेपालको अन्तिम टोली भने घोषणा हुन बाँकी छ ।
नेपालको खेल तालिका
असार ३ ( जुन १७ ) – नेपालविरुद्ध भुटान
असार ४ (जुन १८ ) – नेपालविरुद्ध कुवेत
असार ६ (जुन २० ) – नेपालविरुद्ध बहराइन
असार ७ (जुन २१ ) – नेपालविरुद्ध हङकङ
असार १० (जुन २४ ) – सेमिफाइनल
असार ११ जुन २५ ) – फाइनल
बन्द प्रशिक्षणमा नेपालको टोली :
रुविना क्षेत्री, इन्दु बर्मा, सीता रानामगर, ज्योति पाण्डे, काजोल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डली भट्ट, सबनम राई, सरिता मगर, रोमा थापा, संगिता राई, अश्मिना कर्माचार्य, मनिषा उपाध्य, विन्दु रावल, ममता चौधरी, रेखा रावल र ईश्वरी विष्ट ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]