4 years ago
June 14, 2022
एजेन्सी – तीव्र गतिका बलर हर्षल पटेल र स्पिनर युजभेन्द्र चहलको उत्कृष्ट बलिङमा भारतले तेस्रो टि२० आई खेलमा दक्षिण अफ्रिकालाई ४८ रनले हराउँदै सिरिजमा आफ्नो सम्भावना कायमै राखेको छ । भारत पाँच टि२० खेलको सिरिजमा २(१ ले पछि छ ।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १९.१ ओभरमा १ सय ३१ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले २४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाए । रिजा हेनड्रिक्सले २० बलमा २ चौकासहित सर्वाधिक २३ रन बनाए । डेविड मिलर ३, ड्वेन प्रिटोरियस २०, केशव महाराज ११ र वेन पार्नेलले २२ रन बनाए ।
भारतका हर्षल पटेलले ३.१ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । भुवनेश्वर कुमार र अक्षर पटेलको नाममा १-१ विकेट रह्यो ।
त्यसअघि विशख्खापट्टममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । भारतका ओपनर ऋतुराज गाकवाडले ३५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५७ रन बनाए । गायकवाडको यो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक हो ।

अर्का ओपनर ईशान किशन ३५ बलमा ५ चौका र २ छक्कासहित ५४ रन बनाए । पहिलो विकेटका लागि गायकवाड र किशनले १० ओभरमा ९७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर गायकवाड केशव महाराजको बलमा कट एण्ड बोल्ड आउट भएपछि भने भारतले लगातार विकेट गुमाएको थियो । हार्दिक पान्ड्या २१ बलमा ४ चौकासहित ३१ रनमा अविजित रहे । श्रेयस ऐर १४, कप्तान ऋषभ पन्त र दीनेश कार्तिक ६–६ रनमा आउट भए ।
दक्षिण अफ्रिका ड्वेन प्रिटोरियसले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । केशव महाराज, कागिसो रबाडा र तबरेज शाम्सीले १-१ विकेट लिए । दक्षिण पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । चौथो टि२० खेल राजकोटमा शुक्रबार र पाँचौ. तथा अन्तिम खेल बेंगलोरमा आइतबार हुनेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]