default_image

2 years ago

June 17, 2022

नेपालले टस जित्यो

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा भुटानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । युकेएम एसडी क्रिकेट ओभल बांगीमा नेपालकी कप्तान रुविना क्षेत्रीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् ।

समूह बी मा रहेको नेपाल कमजोर भुटानमाथि सानदार जितका साथ विजयी सुरुवात गर्ने सोचका साथ मैदान उत्रने छ । भुटानविरुद्ध फराकिलो जितसँगै नेपाललाई कीर्तिमान बनाउने अवसर समेत हुनेछ ।

समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन् । नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो ।

समूह बी को सर्वाधिक बलियो टोली हो । सीता रानामगर, रुविना क्षेत्री, कविता कुँवर र ज्योति पाण्डे प्रमुख खेलाडी हुन् । अघिल्लो महिना युगान्डासँग पाँच महिला टि२० आई सिरिज खेलेको नेपाल त्यहाँबाट गल्ती दोहोराउने सोचमा भने हुने छैन । नेपाली महिला टोली टि२० आई विश्व वरियतामा १७ औं र भुटान ४७ औं स्थानमा छ ।

नेपाल र भुटानबीच महिला टि२० आईमा एक खेल भएको छ । गत पुषमा आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई ८ विकेटले हराएको थियो । नेपाली ब्याटरलाई आक्रामक क्रिकेट खेल्न भने आवश्यक देखिन्छ ।

नेपालको प्लेइङ ११ :

अश्मिना कर्माचार्य, विन्दु रावल, ज्योति पाण्डे, कविता कुँवर, इन्दु बर्मा, डली भट्ट काजोल श्रेष्ठ, ममता चौधरी, रुविना क्षेत्री, संगिता राई र सीता रानामगर ।

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.