default_image

2 years ago

June 17, 2022

टि२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर संगिता राई र तीव्र गतिकी बलर कविता कुँवरको उत्कृष्ट बलिङ सहयोगमा नेपालले एसिसी महिला टि२० च्याम्पियनसिप २०२२ मा विजयी सुरुवात गरेको छ । मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले भुटानलाई ५० रनले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि ९५ रनको विजयी लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमा […]

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर संगिता राई र तीव्र गतिकी बलर कविता कुँवरको उत्कृष्ट बलिङ सहयोगमा नेपालले एसिसी महिला टि२० च्याम्पियनसिप २०२२ मा विजयी सुरुवात गरेको छ । मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले भुटानलाई ५० रनले हराउँदै विजयी सुरुवात गरेको हो ।


जितको लागि ९५ रनको विजयी लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमा अल आउट भयो । भुटानकी छिरिङ जाङ्मोले २८ बलमा सर्वाधिक १६ रन बनाइन् । अन्य भुटानका खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालकी स्पिनर संगिता राईले २.५ ओभरमा ६ रन खर्चेर ४ विकेट लिइन् । कविता कुँवरले ३ ओभरमा १ मेडनसहित ३ रन खर्चेर २ विकेट लिइन् । सीता रानामगरले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिइन् । इन्दु बर्मा र अश्मिना कर्माचार्यले १(१ विकेट लिए ।

त्यसअघि युकेएम एसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । नेपाली काजल श्रेष्ठले २६ बलमा १ चौकासहित सर्वाधिक २० रन बनाइन् ।

खराब सुरुवात गर्नेक्रममा १२-३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि काजल श्रेष्ठ र इन्दु बर्माले ३२ रनको साझेदारी गरेका थिए । इन्दु २६ बलमा १ चौकासहित २० रनमा आउट भइन् ।

पाँचौं विकेटका लागि कप्तान रुविना क्षेत्री बेलबासे र काजोलले ३२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । रुविना २२ बलमा १ चौकासहित २१ रनमा आउट भइन् । ओपनर विन्दु रावल दोस्रो ओभरको दोस्रो बलमा सोनम पल्डनको बलमा एक रनमा एलबीडब्लू आउट भईन् ।

ज्योति पाण्डे दोस्रो ओभरको अन्तिम बलमा शून्यमा रन आउट भइन् । अञ्जु गुरुङले नेपाली प्रमुख ब्याटर तथा अनुभवी खेलाडी सीता रानामगरलाई ४ रनमा क्याच आउट गरेपछि नेपालले खराब सुरुवात गरेको हो । सीताले १५ बल खेलेकी थिइन् ।

ममता चौधरी ३ र डली भट्ट ५ रनमा आउट भए । भुटानकी सोनम पाल्डनले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर ४ विकेट लिइन् । अञ्जु गुरुङले ४ ओभरमा १२ रन खर्चेर १ विकेट लिइन् । टाँसी चेकीले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिइन् ।

समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन् । नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो । नेपालले दोस्रो खेलमा शनिबार कुवेतसँग खेल्नेछ ।

नेपालको खेल तालिका

असार ४ (जुन १८ ) – नेपालविरुद्ध कुवेत

असार ६ (जुन २० ) – नेपालविरुद्ध बहराइन

असार ७ (जुन २१ ) – नेपालविरुद्ध हङकङ

असार १० (जुन २४ ) – सेमिफाइनल

असार ११ जुन २५ ) – फाइनल

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.