default_image

2 years ago

June 19, 2022

भारत र दक्षिण अफ्रिकाबीचको निर्णायक खेल रद्ध

93 views

0 Bookmark

एजेन्सी – वर्षाको कारण भारत र दक्षिण अफ्रिकाबीचको पाँच टि२० आई खेलको सिरिज २-२ को बराबरीमा सकिएको छ । पाँचौं तथा अन्तिम निर्णायक टि२० आई खेल वर्षाको कारण रद्ध भएपछि सिरिज बराबरीमा सकिएको छ ।

चिन्न्यास्वामी स्टेडियम बेंगलोरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ३.३ ओभरमा २८-२ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षाको कारण पुन खेल हुन सकेन । भारतका ओपनर ईशान किशन ७ बलमा २ छक्कासहित १५ रनमा आउट भए । ऋतुराज गायकवाडले १२ बलमा १० रन जोडे ।

दक्षिण अफ्रिका दुबै विकेट तीव्र गतिका बलर लुन्गी एनगिडीले लिएका थिए । पहिलो टि२० आई खेलमा दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको थियो । उक्त खेलमा दक्षिण अफ्रिकाले २ सय १२ रनको विजयी लक्ष्य १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । जुन दक्षिण अफ्रिकाले टि२० आईमा पूरा गरेको सर्वाधिक ठूलो योगफल थियो ।

दोस्रो खेलमा दक्षिण अफ्रिका चार विकेटले विजयी भएको थियो । सिरिजमा २-० को अग्रता लिएपनि त्यसपछि दुई खेल ४८ रन र ८२ रनले गुमाउँदै २-२ को बराबरीमा पुगेको थियो ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.